Saturday, May 16, 2015

महाभूकम्प र सामाजिक सञ्जाल- अजय शर्मा

अजय शर्मा
अजय शर्मा
यतिबेला महाभूकम्पले दिएको कहलीलाग्दो विपत्तिको घेरामा देश जकडिएको छ। मुलुकभित्र रबाहिरबाट सहयोग तथा भूकम्प प्रभावित क्षेत्रमा अहिले पनि उद्धारकार्य जारी छ। भूकम्प गएदेखि नै सामाजिक सञ्जालमा नेपाली सन्देश रसूचना बाँड्न सक्रिय छन्। केही समयअघिसम्म मनोरञ्जन रविलाशका रूपमा लिइँदै आएको सामाजिक सञ्जालले यतिबेला हामीलाई केही राहत दिएका छन्। यतिबेला सामाजिक सञ्जाल प्रयोग निकै बढिरहेको छ। भूकम्पका सूचना छिटोछिटो जानकारी दिन रलिन सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, गुगल प्लसका साथमा अनलाइन मिडियाको प्रयोग तीव्र भइरहेको छ। यस महाविपत्तिको समयमा सामाजिक सञ्जालबाट सूचना आदान–प्रदान गर्ने, आफन्तबारे सोधखोज गर्ने, आफ्नोबारे जानकारी दिने तथा राहत संकलन गर्नेलगायत धेरै महत्वपूर्ण रसिर्जनात्मक कार्य भइरहेका छन्। भूकम्पको धक्का आउनासाथ सामाजिक सञ्जालमा अन्य विषयले ठाउँ पाएका छैनन्। देश–विदेशमा रहेका नेपालीले पलपलको अपडेट थाहा पाउन, आफ्ना जानकारी वा मत दिन यसको प्रयोग गरिरहेका छन्। यतिमात्रै होइन, विभित्र देशका राष्ट्रप्रमुख, अन्तर्राष्ट्रिय क्षेत्रका चर्चित व्यक्ति एवम् संं‚थाले नेपालमा आएको महाविनाशकारी भूकम्पबाट पीडितको उद्धाररराहतका लागि सामाजिक सञ्जालबाटै अभियान थालेका छन्।
Earthquake and Social Network- Ajay Sharma
Earthquake and Social Network- Ajay Sharma

भूकम्प गएको केही मिनेटमा भूकम्पसम्बन्धी जानकारी तथा श्रव्य दृश्यसहितका ‚टाटस तथा ट्वीट सामाजिक सञ्जालमा सर्वप्रथम देखिए। नेपालमा करिब तीन हजारभन्दा बढीको संख्यामा सञ्चालनमा रहेका अनलाइन मिडियालाई सामाजिक सञ्जालले पछि पा¥यो। यसअघि सर्वसाधारण तथा सञ्चारगृह रअनलाइन मिडियाको तहमा मात्र प्रयोग भइरहेको सामाजिक सञ्जालको प्रयोग यसपटक भने सरकारका महत्वपूर्ण निकायले समेत गरे। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, केन्द्रीय राहत तथा दैवीप्रकोप उद्धारकेन्द्र, नेपाल प्रहरीका साथै उद्धारमा संलग्न अन्य संघ–सं‚थाले सामाजिक सञ्जाल फेसबुक रट्वीटरमार्फत सूचना सम्प्रेषण गरेका छन्। साथै यसअघि फेसबुकमा मात्र सक्रिय रहेको नेपाल प्रहरीले भूकम्पपछि ट्वीटरएकाउन्ट पनि सञ्चालनमा ल्याएको छ। नेपाल प्रहरीले फेसबुक रट्वीटरमार्फत सबै सूचना दिनुका साथै ट्वीटरमा सर्वसाधारणको जिज्ञासाको समाधान पनि गर्ने गरेको छ। नेपाल प्रहरीमात्र होइन अरू सामाजिक सं‚था पनि यो काममा सक्रिय छन्। विराटनगरका युवाले सञ्चालन गर्दै आएको युथ फरब्लडले अर्थक्विक रे‚पोन्स टिमै बनाएरहराएकाको खोजी गरिरहेको छ। सामाजिक सञ्जालमार्फत फैलिएका भ्रमलाई हटाई सामाजिक सञ्जालमार्फत आफूहरू सत्य तथ्य सूचना संकलन रसम्प्रेषण गर्ने काममा लागेको जानकारी युथ फरब्लडको र्यापिड रे‚पोन्स टिममा सहभागी निर्मल तामाङले दिनुभयो। ‘सामाजिक सञ्जाल तथा अन्य प्रकारणका सञ्चारप्रयोग गरेरबेपत्ताको अव‚था पत्ता लगाउन चौबीसै घन्टा सक्रिय छौँ। ‘अव‚था पत्ता लागेपछि सामाजिक सञ्जाल नै प्रयोग गरेरप्रहरी वा उद्धारकर्तालाई भनेरउनीहरूको उद्धारगराइरहेका छौँ,’ तामाङले भन्नुभयो। उहाँले विदेशमा रहेका नेपालीले समेत सामाजिक सञ्जाल प्रयोग गरेरआफन्तको खोजीका लागि अपिल आएको जानकारी दिनुभयो।


यसैगरी, फेसबुक रट्वीटरमा भूकम्पमा हराएकाको खोजी तथा उद्धारकार्य गरिरहेको ग्रुप विवेकशील नेपाली हो। ‘भूकम्प गएको अर्को दिनदेखि हामीले भूकम्पमा हराएकाको खोजी तथा उद्धारकार्य सुरु गरेका हौँ। हामीले बेपत्ता भएका थुप्रै मानिसबारे जानकारी पाएरउद्धारका लागि पहल गरेका छौँ,’ विवेकशील नेपालीका प्रतिनिधि सुबुना ब‚नेतले भन्नुभयो।

जानकारी, सक्रियता र उपयोगी नेपाल प्रहरी
भूकम्पपश्चात् सरकारी संयन्त्रमा नेपाल प्रहरी सबैभन्दा धेरै सक्रिय देखिएको छ। सश‚त्र प्रहरी रसेना भूकम्पपीडित तथा प्रभावितका लागि संगठनले गरेका गतिविधि सम्प्रेषणमा सीमित छन्। दुई वर्षअगाडि नै संगठनको गतिविधि जानकारी दिन फेसबुकमार्फत सामाजिक सञ्जालमा छिरेको प्रहरी विनाशकारी भूकम्प आएको तेस्रो दिन ट्वीटरमा प्रवेश गरेको थियो। भूकम्पपछिको भग्नावशेषमा फसेका व्यक्ति, कालोबजारी, त्रास रभ्रम फैलाउने व्यक्ति तथा आपराधिक गतिविधि नियन्त्रणमा नेपाल प्रहरीको ट्वीटरह्यान्डल प्रभावकारी बनेको छ। छिनछिनमा हुने अपडेट रजिज्ञासा राख्नेलाई तत्काल दिइने रे‚पोन्सका कारण सामाजिक सञ्जालमा प्रहरीले प्रशंसा पाइरहेको छ। ट्वीटरमा प्रवेश गरेकै दिन संगठनले कालोबजारीबारे सामाजिक सञ्जालमार्फत नै जानकारी पाएको थियो। ट्वीटमा वीरगन्ज रनारायणगढ जान बसवालाले दुई हजारपाँच सयसम्म भाडा असुलिरहेको सूचना आएलगत्तै प्रहरीले टोली कलंकी पठायो रबढी भाडा असुलेमा १०० रमोबाइल नम्बर ९८५१२८१३६३ मा खबरगर्न ट्वीटमार्फत आग्रह गर्यो। परिचालित प्रहरीले यात्रुसँग बढी भाडा असुल्ने गाडी रोकेरयात्रुबाट बढी असुलेको एक लाख ८७ हजाररुपियाँ फिर्ता गरायो। ठूलो भूकम्प आउँदै छ भनेरबिहीवारमाइकिङ गर्दै केही व्यक्ति हिँडेको सूचना प्रहरीले ट्वीटबाटै पाएको थियो। सूचनाकै आधारमा खटिएको प्रहरीले दुईजनालाई पक्राउ गर्यो।

उद्धाररराहत टोली परिचालित क्षेत्र, भूकम्प प्रभावित क्षेत्रमा भएको मानवीय रभौतिक क्षति, उद्धाररसुरक्षासम्बन्धी आवश्यक सूचना सम्प्रेषणमा प्रहरीले सामाजिक सञ्जाललाई पहिलो प्राथमिकता दिइरहेको छ। ट्वीटरमा प्रवेश गरेको एक सातामा प्रहरीले पाँच सयभन्दा बढी ट्वीट गरेको छ भने करिब ६ हजारले फलो गरेका छन्। फेसबुकमा ८ लाख ७२ हजारले पछ्याएका छन् प्रहरीलाई।


प्रहरी सहप्रवक्ता सर्वेन्द्र खनालले सामाजिक सञ्जालमार्फत कालोबजारी रआपराधिक गतिविधिबारे महत्वपूर्ण जानकारी आइरहेको जानकारी दिए। बढी भाडा असुलिएको, खाद्यसामग्रीको बढी मूल्य लिएको रभ्रम फैलाउने समूहबारे सामाजिक सञ्जालमा आएको सूचनाअनुसारसक्रियता बढाउँदा त्य‚ता गतिविधि न्यून बन्दै गएको उनले बताए। शुक्रवारसामाजिक सञ्जालमार्फत राहतबारे गुनासा रजानकारी बढी आएको खनालले जानकारी दिए।

भ्रमको खेतीमा अनलाइन र सामाजिक सञ्जाल
विनाशकारी भूकम्पसम्बन्धमा १३ वैशाखमा वैज्ञानिकसमेतको हवला दिँदै ‘वैज्ञानिक भन्छन्– अझै ठूलो भूकम्प आउन बाँकी नै छ’ भन्ने शीर्षकमा जनमानसमा डर–त्रास, आतंक फैलाउने समाचारसम्प्रेषण गर्ने तीनजनालाई वैशाख १५ गते मंगलवारकाठमाडौँको बुद्धनगरबाट केन्द्रीय अनुसन्धान व्युरो टोलीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नेपाली हेडलाइन्स डटकमका कार्यकारी सम्पादक सरोज गौतम, डे‚क एडिटरसचित देवकोटा रकार्यकारी निर्देशक गीता भट्टराई छन्। उनीहरूउपरप्रहरीबाट थप आवश्यक अनुसन्धान कारबाही भइरहेको छ। ठूलो भूकम्प आउँदै छ भनेरबिहीवारमाइकिङ गर्दै केही व्यक्ति हिँडेको सूचना प्रहरीले ट्वीटरबाटै पाएको थियो। त्यस सूचनाकै आधारमा प्रहरीले दुईजनालाई पक्राउसमेत ग¥यो। त्यसपछि य‚ता गतिविधि थामिए। त्य‚तै बीबीसी, नासालाई उद्धृत गर्दै भ्रामक ट्वीट, फेसबुक ‚टाटस रब्लग लिंक आइरहे, जसकारण सर्वसाधारणमा त्रास भइरह्यो। यसका अलावा सामाजिक सञ्जालमा हेर्नै नसकिने वीभत्स तस्विर तथा भिडियो फुटेजसमेत अपलोड भए, जसकारण जनमानसमा भूकम्पको त्रास भइरह्यो।
भाइबरर‚काइपको निःशुल्क कल
विश्वकै चर्चित भ्वाइस तथा भिडियो कलिङ रसेयरिङ साइट भाइबरर‚काइपले नेपालको भूकम्प प्रभावमा केही राहत दिन नेपालीले भाइबरआउटमा समेत निःशुल्क कल सुविधा दिए। यस संकटको समयमा नेपालको मोबाइल रल्यान्डलाइन नम्बरमा निःशुल्क कल गर्न पाउने सुविधा उपलब्ध गराएरसहयोग ग¥यो। जसबाट विदेशमा रहेका नेपालीले नेपालमा रहेका आफन्तसँग सम्पर्क गर्न सहज भयो भने नेपालमा रहेकाले पनि विदेशमा रहेका आफन्तलाई आफू सकुशल रहेको सन्देश दिन सके।
गुगल, फेसबुक रआईसीआरसीको खोज अब्बल
सामाजिक सञ्जाल फेसबुकले समेत भूकम्पबाट आफू रआफ्ना परिवारका सद‚य तथा साथीभाइ सुरक्षित छन् भन्ने जानकारी गराउन ‘सेफ्टी चेक’ सुविधा थप्यो। सेफ्टी चेकबाट फेसबुकले नेपाली प्रयोगकर्तालाई सुक्षित भए नभएको सोधेको छ। सुरक्षित छु भनेरक्लिक गरेपछि तपाईं सुरक्षित हुनुहुन्छ भनी तपाईंको फ्रेन्ड लि‚टमा भएकालाई जानकारी भयो। आफ्नो नजिकका साथी पनि सुरक्षित छ भनी मार्क गर्न मिल्छ। जसअनुसारफेसबुक प्रयोगकर्ताले आफू सुरक्षित रहेको जानकारी साथीभाइलाई गराउन सके। प्रायःजसो नेपाली फेसबुकमा जोडिएकाले यस सुविधाबाट महाविपत्तिका समयमा धेरै लाभान्वित भए। फेसबुकले सञ्चालन गरेको ‘सेफ्टी चेक’ बाट ७० लाखभन्दा बढी मानिस सुरक्षित रहेको देखाएको छ। भूकम्प गएपछि फेसबुक प्रयोगकर्ता सुरक्षित रहेको जानकारी गराउने ‘सेफ्टी चेक’ सञ्चालनमा ल्याएको थियो।
त्य‚तै विश्वप्रसिद्ध नम्बरवान सर्च इन्जिन गुगलले विशेषतः नेपालका भूकम्पमा बेपत्ता भएका व्यक्तिको खोजीका लागि पर्सन फाइन्डरसेवा सुरु ग¥यो। यस सेवाबाट जोकोहीले आफूले चाहेको व्यक्तिको अव‚था खोजी तथा आफ्नो तथा आफन्तबारे जानकारी छ भने त्यो जानकारी त्यहाँ राख्न पनि सकिने व्यव‚था छ। साथै तपाईंले राखेको जानकारी सम्बन्धित व्यक्तिका आफन्त वा साथीले हेर्न सक्छन्। यो सेवामा नेपाल, भारत रअमेरिकाका मोबाइलबाट एसएमएस गरेरपनि हराएका व्यक्ति खोज्न सकिने व्यव‚था छ। गुगल पर्सन फाइन्डरमा कसैलाई खोज्न मिल्ने रकसैका बारेमा जानकारी भए दिन मिल्ने व्यव‚था छ। गुगलले पर्सन फाइन्डरलाई ठूला विपत्ति रदैवीप्रकोपपछि प्रयोगमा ल्याउने गरेको छ। यसैगरी, अन्तर्राष्ट्रिय रेडक्रस आईसीआरसीले भुइँचालोमा बेपत्ता भएकाबारेमा रबाँचेकाले आफू सुरक्षित छु भन्नेबारे वेबसाइटमार्फत जानकारी दर्ता गर्ने व्यव‚था गरेको छ। भूकम्पपीडितका लागि खोजी गर्न सघाइरहेकाको ट्वीटरएकाउन्टमा नेपाल प्रहरी, सश‚त्र प्रहरी रनेपाल सेना ९४ ह्यान्डल, प्रधानमन्त्री राहत कोष, आयोन, युथ फरब्लड, विवेकशील नेपाली, ट्वीट फरकज नेपाल सक्रिय छन्। भूकम्पपीडितका लागि खोजी गर्न नेपाल प्रहरी, विवेकशील नेपाली, युथफरब्लड, नेपाल अर्थक्वेक सपोर्टलगायतका फेसबुक हाल सक्रिय पेज हुन्।

यस महाविपत्तिको घडीमा नागरिक पत्रकारिताको अर्को रूप सामाजिक सञ्जाल बन्न पुगेको छ। त्यसो त प्रविधिको सहज पहुँचसँगै फेसबुक, ट्वीटर, युट्युबज‚ता सामाजिक सञ्जालले नागरिक पत्रकारिताको क्षेत्रलाई अझ व्यापक बनाएका छन्।यसअघि २०६९ वैशाख २३ गते सेती नदीमा आएको बाढीका कारण ठूलोे क्षति भएको थियो। सेती बाढीको प्रत्यक्ष श्रव्य दृश्य (लाइभ भिडियो) मोबाइलबाटै खिचेरयुट्युबमा राखिएको थियो। त्यो भिडियो क्लिप अहिलेसम्म सेतीमा बाढी आएपछि सबैभन्दा पहिले सामाजिक सञ्जालमा पो‚ट भएको आधिकारिक सूचना मानिन्छ। य‚तै जुरेमा गएको बाढीको सूचना रफोटो पहिलोपटक सामाजिक सञ्जाल फेसबुकमा पो‚ट भएको थियो। साउन १६ गते राति सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोको समाचारसमेत पहिलोपटक सामाजिक सञ्जाल फेसबुकबाटै सार्वजनिक भयो। यतिमात्र होइन, त्यही फेसबुकमा रहेका तस्विर एवम् ‚टाटस रेडियो, टेलिभिजन रअनलाइन सञ्चारमाध्यमका लागि समाचारको पहिलो सूचना बन्न पुग्यो।

Post a Comment

सूचना प्रविधि

टिप्स ट्रिक्स

विविध

 
Copyright © 2014 Connected With Information and Technology