Tuesday, March 27, 2012

विश्व रेडियो दिवस फेब्रुअरी १३

Ajay Sharma
अजय शर्मा
विश्वभर फेब्रुअरी १३ लाई विश्व रेडियो दिवसका रुपमा विविध कार्यक्रम आयोजना गरि मनाइएको छ ।
संयुक्त राष्ट्रसंघीय सङ्गठन युनेस्कोको ३६ औं साधारण सभाको घोषणा अनुसार सोमवार संसारभरीका गैर सरकारी संस्था, पत्रकार, विश्वविद्यालयहरु र सरकारहरुले पहिलो पटक सोमवार विश्व रेडियो दिवस मनाइएको हो ।
विश्वमा सबैभन्दा धेरै मानिसको पहूँचमा पुग्न सफल सरल र भरपर्दो प्रशारण माध्यम रेडियोको विकास, प्रभाव र प्रगतीलाई स्मरण गर्दै सोमवार नेपालमा पनि विश्व रेडियो दिवस मनाइयो ।
सोमवार सामुदायिक रेडियो प्रशारक सङ्घ, सामुदायिक सूचना नेर्टवर्क सीआइएन लगायतका संस्थाहरुको आयोजनामा विविध कार्यक्रम आयोजना गरी उक्त दिवस मनाइएको छ ।
हाल नेपालमा ४०५ वटा एफएम रेडियो दर्ता भई ३१३ वटा सञ्चालनमा रहेका छन् । नेपालमा पछिल्ला दिनमा एफएम रेडियो सञ्चालनबाट ९० प्रतिशत जनतामा रेडियो प्रसारणको पहुँच पुगेको छ ।
सन् १९२० मा सबैभन्दा पहिले रेडियो स्टेशन स्थापना भई औचारिकरुपमा प्रशारण आरभ भएको थियो । नेपालमा रेडियोको स्थापना सबैभन्दा पहिले निजी क्षेत्रबाट सुरु भएको हो । २००७ सालको क्रान्तिका क्रममा जनमुक्ति सेनाले 'प्रजातन्त्र रेडियो' नामबाट विराटनगरबाट सुरु भएको हो । यसले आन्दोलनका सूचना प्रवाह गरेर जनतालाई सूसुचित गर्राई राणाविरोधी आन्दोलनको पक्षमा जनमत तयार गरेको थियो ।  प्रजातन्त्रको स्थापना पछि त्यसैलाई काठमाडौंमा सरकारले सिंहदरबारबाट २००७ साल चैत २० गतेबाट प्रशारण सुरु भएको थियो ।
नेपालमा सरकारी स्तरबाट प्रसारण थालिएको झण्डै ५० वर्षछि गैर सरकारी क्षेत्रमा एफएम रेडियो प्रशारण आरम्भ भएको हो । वि.स २०५४ मा स्थापित रेडियो सगरमाथा दक्षिण एसियाकै पहिलो गैर सरकारी रेडियो स्टेशन हो ।
सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष मिनबहादुर शाहीले लोकतान्त्रिक मुल्य मान्यताको स्थापना, सामाजिक रुपान्तरण तथा मानवअधिकार संरक्षणको क्षेत्रमा रेडियोको भूमिका अन्य सञ्चारमाध्यमहरु भन्दा पृथक र शसक्त रहेको बताउनुभयो । उहाँले रेडियो सेवामा आम जनताको सहज पहुँच हुनु र पढ्न लेख्न नजान्नेहरुका लागि समेत जनचेतना अभिवृद्धिका लागि रेडियो प्रभावकारी माध्यम रहेको धारणा व्यक्त गर्नुभयो ।
अध्यक्ष शाहीले नेपालमा रेडियो प्रशारकहरुको उत्साहजन उपस्थिति रहेको तर राज्य पक्षबाट सामुदायिक रेडियो विकासका लागि उपयुक्त नीति अभाव रहेको बताउनुभयो । उहाँले हाल २१० भन्दा बढि सामुदायिक रडियो रहेको भन्दै रेडियोमा बज्ने सामग्रीहरुमा सुधारका खाँचो उत्तिकै जरुरी रहेको कुरा औल्याउनुभयो ।

गोरखापत्र काठमाडौँ, फागुन १ गते २०६८ ।

Post a Comment

सूचना प्रविधि

टिप्स ट्रिक्स

विविध

 
Copyright © 2014 Connected With Information and Technology