Tuesday, March 27, 2012

मोबाइल सफटवेयरको निर्माण तर्फनेपाली युवा आर्कषित ।

Ajay Sharma अजय शर्मा
अजय शर्मा
मोवाइल सेट फोन गर्नका लागि मात्र नभई अन्य परियोजनका लागि समेत प्रयोग हुन थालेपछि नेपाली युवाहरु यतिबेला मोबाइल सफटवेयरको निर्माण तर्फआर्कषित भएका छन् ।
मोवाइलमा प्रयोग हुने एप्लीकेशन -मोवाइल सफ्टवेयर)बाट शिक्षा, स्वास्थ्य, मनोरञ्जन, बैकङ्किङ सेवा लगायतका विभिन्न कार्यहरु मोबाइलबाटै गर्न सधाउन पुर्‍याउने मोवाइल एप्लीकेसनको निर्माण गर्न नेपाली विद्यार्थीहरु जुटेका हुन् ।
माइक्रोसफ्ट इनोभेसन सेन्टरले सञ्चालन गरेको पाँच दिने आधारभूत मोवाइल एप्लीकेशन निर्माण कार्यशालाका सहभागी विद्यार्थीहरुले ३४ वटा विभिन्न परियोजनमा प्रयोग हुने मोबाइल सफ्टवेयरको निर्माण गरेका छन् । सेन्टरले एक सय भन्दा बढि नेपाली युवा विद्यार्थीहरु लाई यसअघि मोबाइल सफ्टवेयर निर्माणको तालिम दिइसकेको छ ।
मोबाइल एप्लीकेशन निर्माणमा जुटेका विद्यार्थी आशिष डङ्गोलले जिवन साथी पत्ता लगाउन सहयोगी हुने सफ्टवेयर 'कम्प्याविलिटि चेकर' सफ्टवेयर मनोरञ्जनका लागि निर्माण गर्नुभएको छ । उहाँले निर्माण गरेको उक्त सफ्टवेयर पाँच सय भन्दा बढि पटक डाउलोड भएको जानकारी दिनुभयो ।
यस्तै गुगल र्सच, म्याप र्सच लगायतका र्सच इन्जिनहरुलाई समावेश गरि निर्माण गरिएको 'पावर र्सच'को निर्माण पुलचोक इन्जिनियरिङ् क्याम्पसमा अध्ययनरत आशिष आचार्यले उक्त सफ्टवेयरको बारेमा चर्चा गर्नुभएको थियो ।
मोबाइल सफ्टवेयरमा जुटेका अर्का युवा प्रसङ्ग रेग्मीले मोबाइलबाटै चालक अनुमति पत्र नक्कली हो वा होइन जाँच गर्न मिल्ने सफ्टवेयर तथा चालक अनुमति पत्रको अवधि लगायतका सम्पर्ूण्ा कार्य बुझ्न सकिने 'डक्टर लाइसेन्स' नामक मोबाइल सफ्टवेयरको निर्माण गर्नुभएको छ ।  उक्त सफ्टवेयरले सम्बन्धित निकायको डाटावेसको आधारमा काम गर्ने  गर्छ ।
विहिवार राजधानीमा आयोजित मोबाइल एप्लीकेशन पर््रदशनी तथा जानकारी दिने उद्देश्यले सञ्चालित 'विन्डोज फोन एप्स् फेस्ट'मा ३४ नेपाली युवा युवतीले निर्माण गरेका सफ्टवेयरको बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा मोबाइल सफ्टवेयरहरु 'पावर र्सच', 'स्क्रीन प्ले', 'लभ मिटर', 'लोडसेडिङ', 'स्पेस ट्राभल', 'मादल', 'माइन्ड रिडर' लगायतका विभिन्न उपयोगी सफ्टवेयरको पर््रदशनी गरिएको थियो ।
कार्यक्रममा ४३ जना विद्यार्थी युवाहरुले आ-आफूले निर्माण गरिएको मोबाइल सफ्टवेयरको बारेमा जानकारी दिएका थिए । नेपाली मोवाइल सफ्टवयेर निर्माण कर्ताहरुले अपलोड गरेका सफ्टवेयरहरु डाउनलोड गरेको आधारमा सम्बन्धित कम्पनीबाट पैसा समेत आर्जन गर्न सकिन्छ । यसरी नेपाली युवाहरुले निर्माण गरेका लभ मिटर, स्पेस ट्राभल, बाउन्सिङ वल लगायतका मोबाइल सफ्टवेयरहरु एक हजार भन्दा बढि डाउनलोड भैएका छन् ।

काठमाडौँ, फागुन ४ गते २०६८ ।

Post a Comment

सूचना प्रविधि

टिप्स ट्रिक्स

विविध

 
Copyright © 2014 Connected With Information and Technology