Tuesday, March 27, 2012

वायु गुणस्तर मापन केन्द्रलाई दुइ महिनाभित्र सञ्चालन गर्ने तयारी

अजय शर्मा
काठमाडौँ, फागुन १८ गते । केही वर्षता पर्ूण्ारुपमा काम नलाग्ने बनेका उपत्यकाभित्र रहेका सात स्थानमा रहेका वायु गुणस्तर मापन केन्द्रलाई दुइ महिनाभित्र सञ्चालन गर्ने तयारी भइरेहको छ ।
नेपाल इन्भारोमेन्ट एन्ड साइन्टिफिक र्सर्भिसेसले वातावारण मन्त्रालयसँगको समन्वयमा ती केन्द्रहरूको सञ्चालन तथा मर्मत गरी सञ्चालन गर्न लागेको जानकारी वातावरण मन्त्रालयका सचिव कृष्ण ज्ञवालीले दिनुभयो ।
किर्तिपुर, भक्तपुर, ठमेल र पुतली सडक गरी सात स्थानमा छन् । डेनिस सरकारको सहयोगमा निमार्ण्र्ााएका ती केन्द्रहरु नियमित बिजुली आपर्ूर्ति तथा मर्मत सम्भारको अभावमा तीन वर्षेखि बन्द भएका हुन् ।  
वातावरण मन्त्रालयका सचिव ज्ञवालीका अनुसार हाल बन्दको अवस्थामा रहेका ती केन्द्रहरु सञ्चालनका साथै दर्ुइवटा मोबाइल वायु गुणस्तर मापन उपकरणबाट विभिन्न स्थानमा घुम्ती टोली सञ्चालन गरेर वायुको गुणस्तर मापन गर्ने जिम्मा नेपाल इन्भारोमेन्ट एण्ड साइन्टिफिक र्सर्भिसेसलाई दिएको बताउनुभयो ।
उहाँले लोडसेडिङको समयका लागि आवश्यक 'ब्याकअप सिस्टम' निर्माणका लागि पहल भइरहेको र लोडसेडिङको समयमा स्टेसनमा बिजुली आपर्ूर्ति गर्न लागि सोलार पावरको व्यवस्था गर्न लागेको जानकारी दिनुभयो ।
पर्ूव विज्ञान प्रविधि तथा वातावरणमन्त्री गणेश साहका अनुसार, काठमाडौँ उपत्यकामा सबैभन्दा बढी वायु प्रदूषण पुतलीसडक, कलङ्की, कोटेश्वर, रत्नपार्क, कालिमाटी, जवालाखेल, लगनखेल, चाबहिललगायतका क्षेत्रमा सबैभन्दा बढी वायु प्रदूषण रहेको छ । वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालय, महानगरपालिकालगायत विभिन्न सङ्घ संस्थाहरूले विभिन्न समयमा गरेको अध्ययनहरूले यो पुष्टि भएको हो ।
उपत्यकाको वायु प्रदूषणको मुख्य समस्याका रूपमा हावामा अत्यधिक मात्रामा रहेका मसिना धुलाका कणहरू हुन्, जसलाई वैज्ञानिक भाषामा पीएम १० भन्ने गरिन्छ । उपत्यकामा पीएम १० को मात्रा १०८ माइव|mो ग्राम प्रतिघनमिटर रहेको छ, जुन विश्व्ा स्वास्थ्य सङ्गठनले तोकेको निर्देशिकाभन्दा ६ गुणा बढी हो ।
 विश्व स्वास्थ्य संगठनले तोकेकेा निर्देशिकाअनुसार स्वच्छ हावाका लागि उपत्यकामा पीएम १० को मात्रा २० माइव|mोग्राम प्रतिघनमिटरभन्दा कम हुनर्ुपर्छ ।
स्वास्थ्य मन्त्रालयले र्सार्वजनिक गरेको एक तथ्याङ्कअनुसार औसतमा पाँच प्रतिशत नेपालीको मृत्यु श्वासप्रश्वाससम्बन्धी रोगका कारण हुने गरेको छ ।
त्यस्तै, सहरी क्षेत्रमा कुल मानिसको मृत्युमध्ये १८ प्रतिशतको मृत्युको कारण पनि श्वासप्रश्वाससम्बन्धी रोगले हुने गरेको छ । सरकारी तथ्याङ्कले श्वासप्रश्वासका कारण मृत्यु हुने १८ प्रतिशत मानिसमध्ये करिब ७० प्रतिशत मानिस भने वायु प्रदूषणका कारण प्रभावित हुने गरेका छन् ।
यसैगरी, करिब ५० प्रतिशतको हाराहारीमा उपत्यका भित्रको वायु प्रदूषणमा यातायातका साधनको योगदान रहने गरेको छ । ती साधनहरूले वाषिर्क ३० देखि ४० हजार टन घातक विषादी छाड्ने गरेका र त्यसबाट वायु प्रदूषित हुने गरेको विभिन्न अध्ययनले देखाएका छन् ।
ध्वनि तथा वायु प्रदूषण तथा निराकरणका उपायमाथि बृहत छलफल कार्यक्रमा ट्राफिक उप-प्रमुख जयबहादुर चन्दले उपत्यकाभित्रको प्रदूषण तथा ट्राफिक प्रणालीलाई व्यवस्थित गर्न जनचेतनाका साथै कडा कानुनको आवश्यकता रहेकोमा जोड दिनुभयो ।
उहाँले यातायात विभाग र ट्राफिक प्रहरीले गरिरहेको सवारी साधन चेक जाँच कति बैज्ञानिक छ त्यसबारे उच्चस्तरिय अनुगमन हुनु जरुरी रहेको बताउनुभयो ।
वातावरणमन्त्रायका सह-सचिव उद्धवप्रसाद बाँसकोटाले चैत्र महिनाभित्र मन्त्रालयले सिमेन्ट उद्योग, डिजेल प्लान्ट, औद्योगिक वोइलर, ध्वनी नियन्त्रणहरुको मापदण्ड निमार्ण्र्ााम्पन्न हुने जानकारी दिनुभयो । उहाँले वायु प्रदुूषण मापन केन्द्रको सञ्चालन भएपश्चात् स्वामित्व लिन निकाय नभएकाले सञ्चालनपश्चात् फेरि बन्द हुने त होइन भन्ने आशङ्क व्यक्त गर्नुभयो ।
ती वायु प्रदूषण मापन केन्द्र सञ्चालनपश्चात् उपत्यकाभित्रको प्रदूषण मापन गर्नुका साथै वायुको गुणस्तर के कस्तो छ त्यससम्बधी अध्ययनबाट आएका तथ्याङ्कहरु नियमितरुपमा र्सार्वजनिक गर्ने लक्ष्य रहेको बताइएको छ ।

गोरखापत्र फागुन १९ गते २०६८ ।

Post a Comment

सूचना प्रविधि

टिप्स ट्रिक्स

विविध

 
Copyright © 2014 Connected With Information and Technology