Tuesday, March 27, 2012

सामाजिक सञ्जाल निर्देशिका छिट्टै जारी हुने

AJAY SHARMA
सामाजिक सञ्जाल निर्देशिका छिट्टै  जारी हुने 
अजय शर्मा
विज्ञान तथा प्रविधिमन्त्रालय, प्रमाणीकरणको कार्यालयले सामाजिक सञ्जालहरुलाई कानुनको दायरामा ल्याउनका लागि छिट्टै 'सामाजिक निर्देशिका' जारी गर्ने भएको छ ।
यसअघि विश्वका केही मुलुकले फेसबुक, ट्वीटर, गुगल प्लस लगायतका सामाजिक सञ्जालहरुमाथि सुरक्षा तथा अस्लीलताको कारण देखाई प्रतिबन्द्ध लगाएका थिए । चीनमा फेसबुक, ट्वीटर, गुगल र्सचहरु माथि सुरक्षाको कारण देखाएर प्रतिवन्द्ध गरिएको छ  भने भारतमा अन्ना हजारेले चलाएको भ्रष्टाचार विरुद्धको आन्दोलनलाई सामाजिक सञ्जालमार्फ र्समर्थनका साथै उक्त आन्दोलनलाई देशव्यापीरुपमा बढाउने काम भए पश्चात् भारतले सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, गुगल प्लसहरुमा प्रत्यक्ष नियन्त्रण गर्नका लागि निर्देशिका जारी गर्ने जनाएको छ ।  यसैबीच नेपाल सरकार विज्ञान तथा प्रविधिमन्त्रालयले सामाजिक सञ्जाल उपर प्रत्यक्ष निगरानी गर्न सामाजिक सञ्लाल निर्देशिका ल्याउन लागेको बुझिएको छ ।
प्रमाणीकरणको कार्यालयका नियन्त्रक राजनराज पन्तले सामाजिक सञ्जालहरुमा विभिन्न विशिष्ट व्यक्तिका साथै र्सवसाधारणहरुका समेत नक्कली -इम्पोस्टर) एकाउन्टहरु खोल्ने, अस्लिल तस्वीर तथा अन्य सामग्रीको प्रकाशन प्रसारण गर्ने कार्य त्रि्ररुपमा बढेकाले सामाजिक सञ्जाल संचालक तथा प्रयोगकर्ताहरुलाई कानुनको दायरामा ल्याउनका लागि मन्त्रालयले उक्त कदम चाल्न लागेको स्पष्ट पार्नुभयो ।
उहाँले सामाजिक सञ्जाल संचालक कम्पनीहरुलाई आपत्ति जनक तथा र्सार्वजनिकरुपमा कुनै व्यक्तिको चरित्र हत्या गर्ने र असर पार्ने खालका सामग्रीहरुमा नियन्त्रण तथा निगरानीका लागि पत्रचार गर्ने र सो निर्देशिका पालना नगर्ने सामाजिक सञ्जाल नेपालमा बन्द समेत गर्न सकिने जानकारी दिनुभयो । नियन्त्रक पन्तले विश्वमा र छिमेकि राष्ट्र भारतमा समेत उक्त व्यवस्था हुन लागिएकाले नेपालमा समेत निर्देशिका जारी गर्नका लागि तयारी गरेको बताउनुभयो ।
नेपालमा समेत केही महिना अघि संविधान निर्माण कार्यलाई तदारुकताका साथ बढाउनका लागि फेसबुक प्रयोग कर्ताहरुको समुहले संविधान सभा अगाडी पर््रदशन गरेका थिए । विश्वमा हाल फेसबुक, ट्वीटर, गुगल प्लस लगायतका सामाजिक सञ्जाल तथा ब्लग मार्फ् सामाजिक आन्दोलनको सुरुवातका साथै राजनीतिक आन्दोलनहरुमा मलजल गर्ने कार्यहरु बढेर गएका छन् ।
बुधबार विज्ञान तथा प्रविधि मन्त्रालयमा आयोजित 'मिडिया टेकटक' कार्यक्रममा पत्रकारहरुसँगको कुराकानीमा नियन्त्रक पन्तले उक्त कुरा बताउनुभएको हो । उहाँले कार्यक्रममा इन्टरनेटबाट हुने हानीबाट बच्नका लागि नियमितरुपमा अपरेटिङ् सफ्टवेयर, फायरवाल, एन्टी स्पाइवयर र एन्टी भाइरस अपडेट गर्नुपर्नेमा जोड दिनुभयो । साथै नियन्त्रक पन्तले 'डिजिटल सिग्नेचर'को काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।

गोरखापत्र काठमाडौँ, मङ्सिर २८ गते 2068 ।

Post a Comment

सूचना प्रविधि

टिप्स ट्रिक्स

विविध

 
Copyright © 2014 Connected With Information and Technology