Tuesday, October 25, 2011

नेपालमा अनलाइन पत्रकारिताको विकास - Development of Online Journalism In Nepal

Ajay Sharma
सूचना प्रविधिको विकासले विश्व एक ग्रामको रुपमा विकसित भैरहेको अवस्थामा कुनै सूचना प्राप्त गर्न हप्तौँसम्म हुलाकीको सन्देशको प्रतिक्षा गर्ने समय अबको होइन । सूचना प्रविधिको विकासको कुरा होस् वा समाचार प्राप्ती नै किन नहोस् इन्टरनेट प्रविधिको माध्यमबाट पलभरमा विश्वका सूचना प्राप्त तथा सम्प्रेषण गर्न सकिने भएको छ ।
नेपालमा ढिलै भए पनि सूचना प्रविधि सूचना तथा साचार प्रविधि अनलाइन पत्रकारिता इ-कर्मस इ-बैङ्किङ आदिको विकास क्रमिक रुपमा बढ्दैँ गएको छ । यसै क्रममा नेपाली पत्रकारिता पनि अब इन्टरनेटमा घुलमिल हुन थालिसकेको छ ।
सूचना प्रविधिमा आएको पछिल्लो विकास क्रमले इन्टरनेटमा श्रव्य दृष्य तस्वीर र अक्षरका माध्यमबाट समाचार वा कुनै पनि सूचना एक स्थानबाट राखेपछि संसारभर क्षणभरमा हेर्न सकिने भएकाले यस प्रविधितर्फ पाठकको आकर्षण बढ्दो छ । विश्वको जुनसुकै स्थानमा प्रकाशन तथा प्रसारण हुने पत्रपत्रिका तथा रेडियो टेलिभिजन पढ्न सुन्न र हेर्न सकिने प्रविधिको विकास इन्टरनेट प्रविधिले सहजता बनाएको छ । अनलाइन वा इन्टरनेट साचार भन्नाले कम्प्युटर र फोनको माध्यमद्वारा गरिने सन्देश सम्प्रेषण भन्ने बुझ्नुपर्छ । अनलाइन साचारमा कम्प्युटर टेलिफोन लाइन वा इन्टरनेट लाइनका साथै विद्युतीय उर्जाको पनि अनिवार्य भूमिका रहन्छ । विश्वका विकसित मुलुकहरुले अनलाइन पत्रकारितालाई उच्च महत्व दिएर यस सम्बन्धी कानुनको व्यवस्था समेत गरेका छन् । त्यस अनुसार यसले विकासको गति समातेको छ ।
सन् १४५६ मा पि्रन्टिङ्ग प्रेसको आविष्कार भएपछि सुरु भएको पत्रकारिता वर्तमान समयसम्म आइपुग्दा यसले सूचना र प्रविधिलाई आत्मसात गरेर मात्र पूर्ण बन्ने भएको छ । छापा पत्रकारिता रेडियो टेलिभिजन हँुदै इन्टरनेटको युगसम्म आइपुगेको छ । विश्वमा लामो समयदेखि इन्टरनेटको प्रयोग भए पनि नेपालमा सन् १९८९ मा पहिलो पटक वल्र्डभ्यू नेपाल र नेपाल वातावरण पत्रकार समूहले इन्टरनेटको प्रयोग गरेको पाइन्छ । संस्थागत रुपमा वि।सं। २०४८ देखि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्ट ले इमेलको सुरु गरेको हो । त्यसबेला इमेल तान्न र पठाउन कम्प्युटरको माध्यमबाट भारतमा फोन गर्नु पथ्र्यो । निजी क्षेत्रकेा मर्कनटाइल कम्युनिकेसनले वि।स। २०५१ सालदेखि व्यावसायिक इन्टरनेट सेवा प्रदान गर्न थालेको हो ।
नेपालमा इन्टरनेट सुविधा उपलब्ध भएको झण्डै एक दशकअघि मात्र भएतापनि अनलाइनको सुरुवात भने देशबाहिर रहेका नेपालीहरुले त्यसअघि नै गरिसकेको भेटिन्छ । अहिलेसम्म सन् १९९२ मा अमेरिकामा बसोबास गर्ने नेपालीले संचालनमा ल्याएको द नेपाल डाइजेष्टलाई पहिलो नेपाली अनलाइन मानिदै आएको छ । यद्यपि नेपाल भित्रबाट भने सन् १९९९ २०५६ कार्तिक देखि नेपाल न्युज डट कमले संस्थागत रुपमै अनलाइन पत्रकारिता थालनी गरेको हो । इन्टरनेट माध्यममा अनलाइन पत्रिका मात्र संचालनमा छैनन् पि्रन्टमा निस्कने पत्रपत्रिकाहरु पनि प्रायः सबै जसो इन्टरनेट संस्करणका रुपमा अनलाइन मै पढ्न सकिन्छ । नेपालबाट प्रकाशित हुने जेठो दैनिक अखबार गोरखापत्र दैनिकका साथै कान्तिपुर नयाँ पत्रिका समाचारपत्र राजधानी जनदिशा लगायत सबै जसो पत्रपत्रिका अनलाइनमा पढ्न सकिन्छ ।
साचारक्षेत्रमा सबैभन्दा पछिल्लो सूचना प्रविधिको रुपमा अनलाइन माध्यमलाई लिने गरिएको छ । छिटो तथा छरितो सूचना प्रवाहका कारण अनलाइनले शिक्षित तथा आधुनिक पुस्ताको मन जित्न सफल भएको छ । छिटो छरितो सूचना आदान प्रदान गनु नै यसको मुख्य विशेषता हो । नेपालको सन्दर्भमा यसको जति महत्व छ जटिलता पनि त्यतिकै छ । नेपाल जस्तो अशिक्षित र भौगोलिक विकटताका कारण यसको बिस्तार तथा वितरणमा कठिनाइ भने अवश्य नै रहेको छ । अनलाइलनमा स्रोत नखुलाई हतारमा सम्प्रेषण गरिएका सामग्रीहरु हुन्छन् जसले गर्दा आसाचार क्षेत्र उपर सर्वसाधारण जनतामा रहेको विश्वासका साथै नैतिकतामा समेत प्रश्न चिन्ह लाग्न सक्ने स्थिति रहन्छ । अनलाइन पत्रकारहरु केही पाउनासाथ कुनै अनुसन्धान नै नगरी सम्बन्धित व्यक्तिलाई नै नभेटी समाचार सप्रेषणमा दौडिन्छन् । अनलाईन पत्रकारितामा नैतिकता र आचारसंहिताको प्रश्नले महत्व पाउनुका पछाडि यसको प्रकृति पनि उत्तिकै जिम्मेवार छ । किनभने इन्टरनेट साइट खोल्न जोसुकैले पनि पाउने साइट खोल्नासाथ सामग्रीहरु सम्प्रेषण गर्न सकिने र त्यस प्रकारका सामग्रीमा पत्रकारिताको सिद्धान्त पुरा गरेको नदेखिने भएका कारण आचारसंहिताको पक्षमा बेला बेलामा कुरा उठ्ने गरेको छ । अनलाईनमा जो कोहीले सजिलै सामग्री सम्प्रेषण गरिदिने र सबैको सहज पहुँच हुने सक्ने भएकाले पनि अनलाइनको क्षेत्रमा समेत कानुनी स्तरमा नैतिक आचरणको सीमा कोरिनु आवश्यक भएको छ ।
पछिल्लो एक दशकमा नेपालमा अनलाइन पत्रकारिताले विकासको तिब्र गति समातेको छ । तर कानुनी रुपमा आफ्नै पनि अनलाइन पत्रकारिताले मान्यता पाउन सकेको छैन । यसतर्फ कसरी अनलाइन समाचार सामाग्री उपर कानुनी हस्तक्षेप तथा निगरानी राख्ने र के कस्ता सामग्री सम्प्रेषण गर्नु पाउने भन्ने बारेमा स्पष्ट ऐन कानुन तथा नीतिको सिमारेखा कोरिनु आजको आवश्यकता हो । होइन यसै गरी अनलाइन पत्रकारितालाई छाडारुपमा छोड्ने हो भने कुनै दिन मुलुकले ठूलो क्षति व्यर्होनु पर्ने अवस्था नआउला भन्न सकिन्न ।
सरकारद्वारा गठित उच्चस्तरीय मिडिया आयोगको प्रतिवेदन नेपाल पत्रकार महासंघ श्रमजीवी पत्रकार ऐन अन्तरिम संविधानजस्ता कानुनी दस्तावेजमा अनलाइन मिडियालाई मुलधारको साचार माध्यम मानिएको छ । तर यसलाई व्यवस्थित गर्न सम्बद्ध निकायले ध्यान दिएको पाइँदैन ।पहिलो राष्ट्रिय सूचना प्रविधि नीति २०५७ सालमा बने पनि त्यस अनुसार नियम कानुन बन्न सकेको छैन भने अनलाइनलाई समेत समेट्न सक्ने साइबर कानुनको अभावमा डिजिटल प्रविधिबाट हुने व्यापार व्यवसाय र आर्थिक कारोबार निर्वाध रुपमा हुन सकिरहेको छैन । नियम कानुनको अभाव नै यो क्षेत्रको प्रमुख बाधक देखिएको छ ।
अहिले नेपालका हरेक सूचना प्रवाह गर्न पि्रु नेपाल डट कम नेपाल जापान डट कम नेपाल न्युज डट कम अनलाइन खबर डट कम हिमाल खबर डट कम ई कान्तिपुर डट कम ई जमाना डट कम नागरिक न्युज डट कम नेपाली पोष्ट डट कम नेपाल दुबई डट कम नेपाल युके डट कमजस्ता दर्जनौ अनलाइन लागेका छन् । अनलाइन मिडिया एसोसिएसनकॊ केही महिना अघिको तथ्याङ्क अनुसार हाल नेपाली भाषाका समाचारमूलक ६१ बढी अनलाइन संचालनमा छन् भने अंग्रेजी भाषामा दर्जन बढी रहेका छन् ।

1 comment :

  1. साहित्यकार तथा पत्रकार दिया चन्द को यो लेख अबस्य पढ्नुहोला http://www.imandarmedia.com/2017/01/diya-chand.html

    ReplyDelete

सूचना प्रविधि

टिप्स ट्रिक्स

विविध

 
Copyright © 2014 Connected With Information and Technology