Sunday, August 7, 2011

अजय शर्मा



पलायन प्रतिभा फर्काउन तयार नास्ट
अजय शर्मा

काठमाडौँ, असार २३ गते प्रतिभा पलायन (ब्रेन ड्रेन) भइरहेकोमा चिन्तामात्रै किन ? स्वदेशमा राम्रो अवसर उचित स्थान दिन सकियो भने प्रतिभा सम्मान (ब्रेन गेन) पनि हुन्छ उदाहरण बनेको , नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट) देशको जटिल समस्या बनेको दक्ष जनशक्ति बाहिरिने काम -ब्रेन डे्रन) बाट मुक्त हुन नास्ट अहिले बाहिरिएका जनशक्तिलाई स्वदेश भित्र्याउने -ब्रेन गेन) रणनीतिका साथ अगाडि बढिरहेको यसै रणनीतिले नास्टमा अहिले धेरै दक्ष जनशक्ति फर्किसकेका छन्
नास्टका उपकुलपति सुरेन्द्रराज काफ्लेले नयाँ रणनीतिअन्र्तगत अहिले नास्टमा कोरिया, जापान, अमेरिकालगायतका देशबाट विद्यावारिधि सकेर फर्किएका पाँचजना नेपाली युवा काम गरिरहेका बताउनुहुन्छ
दक्षिण कोरियास्थित एडभान्स नानो प्रडक्ट कम्पनीमा सोलार सेलको अनुसन्धानमा पाँच वर्ष काम गरेका डा. सुरेशकुमार ढुङ्गेलले विदेशमा थुप्रै अवसर हुँदाहुँदै देशमा पनि केही गर्न सकिन्छ भन्ने विश्वासका साथ एक वर्षअघि आफू नेपाल फर्किएको बताउनुभयो हाल उहाँ नास्टमा वरिष्ठ प्राविधिक अधिकृतको पदमा कार्यरत हुनुहुन्छ "आर्थिक आर्जनको हिसाबले विदेशमै राम्रो तर परिवार, साथीभाइसँगको बसाइ देशको मायाले मलाई पुनः देशमै बसेर काम गर्न मन लाग्यो"- डा. ढुङ्गेलले भन्नुभयो
यस्तै, जापान अमेरिकामा आठ वर्ष आफ्नोे क्षेत्रमा कुशलता प्रर्दशन गर्नुभएका डा. गनबहादुर बज्राचार्य पनि दुई वर्षदेखि नेपालमै हुनुहुन्छ उहाँ नास्टमा वरिष्ठ वैज्ञानिक अधिकृतमा कार्यरत हुनुहुन्छ नेपालमा राम्रो अवसर पाए थुप्रै नेपाली देशमा र्फकन इच्छुक रहेको आफूले थाहा पाएको बज्राचार्यले बताउनुभयो
उपकुलपति काˆलेले विदेशबाट पीएचडी सिद्धाएर नेपाल र्फकने दक्ष नेपाली युवा जनशक्तिले उचित स्थान नपाउँदा दिक्क भई पुनः पलायन हुने सम्भावनालाई विचार गरी ती जनशक्तिबाट नेपालले उचित प्रतिफल लिन सक्ने भएकाले नास्टले 'ब्रेन गेन'को रणनीति ल्याएको स्पष्ट गर्नुभयो
उपकुलपति काˆलेले विदेशबाट पीएचडी गरेर फर्किएका दक्ष जनशक्तिहरूका लागि नास्टको ढोका सदैव खुला रहने बताउनुभयो
यसरी फर्किएका आधा दर्जनजति दक्ष जनशक्ति अहिले नास्टमा कार्यरत छन् भने अहिले नै डेढ दर्जनजतिलाई अवसर दिनसक्ने स्थितिमा रहेको नास्टले जनाएको यो अझै बढ्दै जाने नास्टले जनाएको
नास्टले विगतमा स्नातक तथा स्नाकोत्तर शिक्षा पूरा गरेका विद्यार्थीलाई अनुसन्धान तथा अध्ययनका लागि छात्रवृत्ति दिँदै आएकोमा हालसालै पीएचडी गरेर विदेशबाट र्फकने दक्ष जनशक्तिलाई पनि स्थान दिन थालेको हो




Post a Comment

सूचना प्रविधि

टिप्स ट्रिक्स

विविध

 
Copyright © 2014 Connected With Information and Technology