Sunday, August 7, 2011

विज्ञान प्रविधिको विकासका लागि राजनीतिक सोच अपरिहार्यः विज्ञान तथा प्रविधिमन्त्री भट्ट



काठमाडौँ, साउन २२ गते । विज्ञान तथा प्रविधिमन्त्री लेखराज भट्टले विज्ञान प्रविधिको विकासका लागि राजनीतिक सोचमा परिवर्तन हुनुपर्ने बताउनुभएको छ ।

विज्ञान लेखन पत्रकार समाजले आइतवार राजधानीमा आयोजना गरेको नयाँ संविधानमा विज्ञान र प्रविधिको स्थान विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री भट्टले सो कुरा बताउनुभएको हो ।

हामीसँग प्रतिभाको कमी छैन । देशभित्र प्रतिभाले उचित स्थान पाउन नसक्दा विदेश पलायनको समस्या छ, उहाँले भन्नुभयो । विज्ञान तथा प्रविधिमन्त्री भट्टले नेता तथा दलहरुमा आत्मकेन्द्रित राजनीतिका कारण मुलुुकको मेरुदण्ड मानिने विज्ञान प्रविधिको क्षेत्र सरकारको प्राथमिकतामा पर्न नसकेको धारणा व्यक्त गर्नुभयो । 

सभासद तथा नेकपा एमालेका नेता रविन्द्र अधिकारीले विज्ञान प्रविधिको विकासका लागि बजेट भन्दा पनि दृष्टिकोणमा परिवर्तन आवश्यक रहेको कुरा औल्याउनुभयो ।

उहाँले संविधानमा विज्ञान प्रविधिको विकासमा अवरोध हुने कुनै बाटाहरु राख्न नहुनेमा जोड दिनुभयो । नेता अधिकारीले नेताहरु प्राज्ञिक नहुँदा मुलुकको अनुसन्धान केन्द्रका साथै प्राज्ञिक क्षेत्रहरु क्मजोर बनेको बताउनुभयो । उहाँले सम्बन्धित क्षेत्रको विज्ञान प्रविधिलाई हर्ुर्ने दृष्टिकोणमा आमुल परिवर्तनका साथै हालको शैक्षिक प्रणालीमा पनि परिवर्तन आवश्यक रहेको कुरा औल्याउनुभयो ।

विज्ञान तथा प्रविधिमन्त्रालयका सचिव डा. रामहरी अर्यालले विज्ञान प्रविधिको विकासका लागि राजनीतिक प्रतिवद्धताका साथै बजेटमा समेत बृद्धि गरिनुपर्ने माग गर्नुभयो । नास्टका उपकुलपति डा. सुरेन्द्रराज काफ्लेले देशमा भएको प्रतिभा पलायनलाई न्यूनिकरणको कार्यक्रममा समेत बजेट कटौति हुन आफैमा दुःखद कुरा रहेको भन्दै राष्ट्ले विज्ञान प्रविधिको क्षेत्रमा अत्यन्तै न्यून रकम विनियोजन गर्ने उल्लेख गर्नुभयो । 

समाजका अध्यक्ष यामप्रसाद पौड्यालले विज्ञान लेखन पत्रकार समाजले पहिलो चरण अर्न्तगत मुलुकको विज्ञान र प्रविधिको क्षेत्रमा प्रचारप्रसार तथा विकासका लागि पाँचवटै विकास क्षेत्रमा प्राविधिक पत्रकारको सड्गठन विस्तार तथा अन्तरक्रिया गर्ने बताउनुभएको छ । उहाँले सो कार्य मार्फ स्थानीय क्षेत्रमा समेत विज्ञान प्रविधिलाई सञ्चारमाध्यम मार्फ सचेतनामूलक अभियान सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

 कार्यक्रममा विज्ञान नास्टका वैज्ञानिक डा. दिनेश भुजुले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य समाजका उपाध्यक्ष सीबी अधिकारीले व्यक्त गर्नुभएको थियो । 

अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले विज्ञान तथा प्रविधिलाई दिर्धकालिन सोचका आधारमा विकास गर्नुपर्ने हुँदा संविधान निमार्ण्र्ाा वैज्ञानिक तथा प्राविध समुदायको सहभागिता हुनुपर्ने बताएका छन् । उनीहरुले वैज्ञानिक अनुसन्धान र प्राविधिक विकासको लागि राष्टि्य लगानी बढाउनुपर्नेमा जोड दिएका छन् ।

Post a Comment

सूचना प्रविधि

टिप्स ट्रिक्स

विविध

 
Copyright © 2014 Connected With Information and Technology