Sunday, April 17, 2011

अजय शर्मा


सावधान फेसबुकको लतमा परिएला 
Coypright@Ajay Sharma
अजय शर्मा
केहि सयम अधिसम्म याहु मेसेन्जरमा समय बिताउने काठमाडौा अनामनगरका खगेन्द्र शर्मा यतिवेला फेसबुकतिर तानिएका छन् । याहुबाटै च्याट र मेल बाहेक जिमेलबाट फोन पनि गर्न मिल्ने भएकाले उनले जिमेलको नयाा आईडी बनाएकी हुन् । यसबाहेक उनी फेसबुक नियमित हेर्ने गर्छिन् ।
विश्वव्यापि रुपमा बढ्दै गइरहेको सामाजिक सूचना सञ्जाल -सोसल नेटवर्क साइट) को प्रभावबाट अहिले कुनै वर्ग अछुतो रहन सकेको छैन । भरर्खरै स्कुल पढ्ने बालबालिका देखि क्याम्पसमा पढ्ने युवा र वृद्धवृद्धा यी साइटका नियमित प्रयोगकर्ता बन्दै गएका छन् । इन्टरनेटको सुलभ उपलब्धतासागै नेपाली समाजमा पनि यसको प्रयोग हृवातै बढेको छ ।
व्यक्तिगत सूचना, फोटा, कमेन्ट तथा विचार राख्ने कम्प्यूटरको 'भर्चुअल' चौतारी बन्न पुगेका छन् सोसल नटवर्कहरु । मानिसहरुको कार्यव्यस्तता भन्नौ वा प्रविधि प्रतिको मोह हाल सञ्चालनमा रहेका फेसबुक, हाइफाईभ, ट्विटर लगायतका सामाजिक सञ्जालहरु विश्वमै निकै रुचाइदै आएका छन् । आफूले चलाउने साइट एक पटक नहेरेसम्म निद्रा नै लाग्दैन- नयाा बानेश्वरका उदय ज्ञवाली भन्छन् एक किसिमको लत नै लागिसक्यो । उनी दैनिक ४/५ पटकसम्म यी साइटमा समय विताउाछन् । उनी भन्छन्- 'दैनिक दुई घण्टा त बिताइन्छ नै ।'
केही बर्षदेखि प्रयोगमा आएका सोसल नेवर्क साईटमध्ये नेपालीको प्रमुख रोजाइ बन्न पुगेको छ फेसबुक । कुनै पनि नशाले लाउन नसकेको लत यतिबेला फेसबुकले लगाएको छ नेपालीलाई सरकारी कर्मचारीहरु त कार्यालय समयमा सबै काम छाडी फेसबुक मै रमाउन थालेका छन् ।
फेसबुकका प्रयोगकर्ता गणना गर्ने साइट फेसब्रेकरस् डटकमका अनुसार हाल नेपाली प्रयोगकर्ता ५ लाख ८७ हजार सागै फेसबुक प्रयोगका हिसावले ७८ पुगेको छन् । यस मध्ये पुरुष तीन लाख ९९ हजार नौ सय र महिला एक लाख ८० हजार सात सय छन् । नेपालमा कुल फेसबुक प्रयोगकर्ताहरु मध्ये पुरुष ६९ प्रतिशत र महिला ३१ प्रतिशत रहेको छन् । फेसबुकको प्रयोग गर्ने दुई सय बाह्र देशहरु मध्येमा फेसबुक प्रयोगमा नेपाल ७८ औा स्थानमा पर्छ ।
फेसब्रेकरस् डटकमका अनुसार नेपाली फेसबुक प्रयोगकर्ता मध्ये सबैभन्दा बढि ४६ प्रतिशत १८ देखि २४ बर्ष उमेर समुहका छन् । यसैगरी १३ देखि १५ बर्ष उमेर समुहका सात प्रतिशत, १६ देखि १७ बर्ष उमेर समुहका नौ प्रतिशत, २५ देखि ३४ बर्ष उमेर समुहका २७ प्रतिशत, ३५ देखि ४४ बर्ष उमेर समुहका सात प्रतिशत, ४५ देखि ५४ बर्ष उमेर समुहका दुई प्रतिशत, ५५ देखि ६४ बर्ष उमेर समुहका एक प्रतिशत, ६५ बर्ष भन्दा माथि उमेर समुहका एक प्रतिशत छन् । कम्प्युटर र महागो इन्टरनेटको सुविधा लिन नसक्ने वर्गले पनि मोबाइलबाटै फेसबुक चलाउन थालेपछि प्रयोगकर्ता बढेका हुन् ।
बढ्दो प्रयोगसागै यसले केहि नकारात्मक प्रवृत्तिलाई पनि बढाएको छ । यस्ता सामाजिक सञ्जालबाट सम्बन्ध बढाएर हृयाकिङ गर्ने समस्यासमेत बढ्दै गएको छ । यसबाट बच्ने प्रमुख उपाय भनेकै नचिनेका व्यक्तिबाट आएका इमेल तथा सोसल नेटवर्कमा साथी बनाउादा होसियार हुनु नै हो ।
फेसबुकमा जस्ता सोसल नेटवर्कमा एकाउन्ट खोल्दा समान्य खाले व्यक्तिगत विवरण मात्र दिने, फोटा पोस्ट सबैका लागि बाड्न मिल्ने हो या होइन यकिन गर्ने, व्यक्तिगत विवरण उल्लेख गर्दा सम्पूर्ण विवरण नराख्ने, साथीका लागि भएका अनुरोधहरुलाई समेत विचार गरेरमात्र स्विकृति दिने जस्ता कुरामा ध्यान दिनुपर्छ ।
फेसब्रेकरस् डटकमका अनुसार हाल विश्वमा फेसबुकका सक्रिय प्रयोगकर्ता करिब पचास करोड छन् । फेसबुक प्रयोगमा अमेरीका १३ करोड ३९ लाख २५ हजारका साथ प्रथम स्थानमा रहेको छ । त्यसैगरी बेलायत २ करोड ८० लाख, इन्डोनेसिया २ करोड ७८ लाख, टर्की २ करोड ३८ लाख ३३ हजार र प|mान्स एक करोड ९२ लाख ८४ हजारका साथमा क्रमश दोस्रो तेस्रो, चौथो र पााचौ स्थानमा रहेका छन् ।

स्रोतः गोरखापत्रको रमाइलो शुक्रबारमा मिति २०६७ असोज १ गते प्रकाशित ।

Post a Comment

सूचना प्रविधि

टिप्स ट्रिक्स

विविध

 
Copyright © 2014 Connected With Information and Technology