Tuesday, December 21, 2010

होम र डीस नेपाल एकीकरणको तयारीमा




अजय शर्मा
काठमाडौँ, पुस ६ गते । सेवा प्रारम्भ भएको छ महिना पनि नबित्दै साचालनमा रहेका दुई नेपाली डीटीएच डाइरेक्ट टु होम टे लिभिजन सेवा प्रदायक संस्था एकीकरणको सङ्घारमा उभिएका छन् ।

नेपालकै पहिलो डीटीएच कम्पनी होम टीभीले भदौ ३० गतेदेखि आफ्नो सेवाको विधिवत रुपमा आरम्भ गरेको थियो भने अर्को डीटीएच डिस नेपालले होम टीभी सुरु भएको केही महिना अर्थात् कात्तिक महिनादेखि व्यावसायिक सेवा साचालन गरको हो ।

होम टीभीका निदे ्रशक सुदिप आचार्यले होम टीभी र डिस नेपालबीच सहकार्य अथवा एकीकरणको अभ्यास प्रारम्भिक तहमा छलफलको अवस्थामा रहेको बताउनुभयो । उहाँले एकीकरण नभएमा प्राविधिक तहमा दुई कम्पनीबीच साझेदारी हुनसक्ने समेत बताउनुभयो ।

आचार्यले दुई कम्पनीको एकीकरणका लागि गृहकार्य गरिरहेको बताउँदै एकीकरणको प्रयास सफल भएमा हालको मूल्यभन्दा केही सस्तोमा ग्र ाहकले डीटीएच सेवा पाउने जानकारी दिनुभयो ।

उहाँले दुई कम्पनीबीच सहकार्य मात्र भएमा भने भूउपग्रहदेखि लिएर अर्थ स्टेसनसम्मका प्राविधिक उपकरणमा साझेदारी हुनसक्ने बताउनुभयो । उहाँले हालको नेपाली बजार निकै सानो रहेकाले वस्तुगत यथार्थलाई अध्ययन गरेर नै दुई कम्पनीबीच सहकार्य अथवा एकीकरण के गर्ने भन्ने बारेमा आफूहरु छलफलमा लागेको जानकारी दिनुभयो ।

दुई कम्पनीबीच एकीकरण भएमा ग्राहकहरुका बारेमा के हुन्छ  भन्ने प्रश्नमा उहाँले अहिले आफूहरु वर्ताको चरणमा रहेकाले यही नै हुन्छ भन्न नसके पनि हालको सेवा सुविधालाई कायम राखी त्यसमा केही थप गरिने बताउँ दै हाल प्र सारणमा रहे का च्यानलहरुको सङ् ख्या बढ्ने तथा विभिन्न प्याकेजमा समेत च्यानलहरुको सङ्ख्यामा हेरफेर हुने जानकारी दिनुभयो ।

निर्देशक आर्चा यले आर्थिक प्राविधिक प्रकि्रयामा के गर्ने भन्ने बारेमा छलफल चलिरहेको बताउँदै दुईवटा कम्पनीलाई एउटा बनाई एउटा कम्पनीबाट सेवा पुर् याउने लगायतका प्राविधिक पक्षमा कुरा भइरहेको जानकारी दिनुभयो । उहाँले स्टार जी सोनीलगायतका च्यानलहरुमा डीटीएच कम्पनीबीच कुनै विवाद नरहे को बताउँ दै विदेशी च्यानल प्रदायक संस्थाका कारण उक्त समस्या आएको भए पनि हाल कुरा मिलिसकेको जानकारी दिनुभयो ।

डिस नेपालका अध्यक्ष रविन्द्रमान श्रेष्ठले दुई कम्पनीबीच एकीकरण तथा सहकार्यका बारेमा छलफल भइरहेको भए पनि हाल यसै हुन्छ भन्ने स्थिति नरहेको बताउनुभयो ।

हालसम्म होम टीभी तथा डिस नेपालको एकीकरण तथा सहकार्यको विषयमा औपचारिक रुपमा कुनै कुरो नआएको सूचना तथा साचारमन्त्रालयले जनाएको छ ।

मन्त्रालयका एक उच्च अधिकारीले विद्यमान कानुनमा कुनै पनि डीटीएच कम्पनीको आफ्नो बेग्लै अर्थ स्टेसन तथा अन्य प्राविधिक उपकरण हुनुपर्ने व्यवस्था रहेको र कुनै दुई वा बढी कम्पनीहरुबीच उपकरणको प्रयोगमा सहकार्य गर्न सकिने प्रावधान नरहेकाले समेत हालको कानुन बमोजिम होम टीभी र डिस नेपालको एकीकरण सम्भव नभएको बताउनुभयो । यी दुई डीटीएच कम्पनी एकीकरणको प्रकि्रयामा गइहालेमा विद्यमान कानुनी व्यवस्थामा केही परिमार्जन गर्नु पर्ने धारणा उहाँले व्यक्त गर्नुभयो ।

Post a Comment

सूचना प्रविधि

टिप्स ट्रिक्स

विविध

 
Copyright © 2014 Connected With Information and Technology