Wednesday, December 1, 2010

हानिकारक छ इलेक्ट्रोनिक फोहर


तपाइँसँग भएका पुराना र काम नलाग्ने मोबाइल फोन, कम्प्युटर, रेपि|mजेरेटरलगायतका विद्युतीय सामान (ई-वेस्ट) ˆयाँक्दै हुनुहुन्छ भने होस् गर्नुहोस् । ती फालिएका सामाग्रीहरूले पानीको मुहानलाई प्रदूषित गर्ने मात्र नभई स्नायु प्रणाली, मुटु, कलेजो, फोक्सो मिर्गौला, छाला, मांसपेशी, मस्तिष्क तथा प्रतिरक्षा प्रणालीमा समेत प्रभाव पार्न सक्छन् ।
वातावरण मन्त्रालय प्रदूषण अनुगमन विभागका वरिष्ठ रसायनशास्त्री सुषमा उपाध्यायले इलेक्ट्रोनिक फोहरबाट रेडियो एक्टिभ विकीरणका साथै मर्करी, लिडजस्ता गह्रौँ धातुका कारण जनस्वास्थ्यमा समेत गम्भीर असर पर्ने भएकाले फोहरको सङ्कलन गर्दा जैविक, प्लास्टिक तथा इलेक्ट्रोनिक गरी तीन वर्गीकरण गरी फोहर सङ्कलन गर्नुपर्ने धारणा व्यक्त गनुभयो । उहाँले इलेक्ट्रोनिक फोहरका बारेमा जनचेतना जगाउन सकेमा मात्र पनि भविष्यमा आउनसक्ने भयावह समस्याबाट बच्न सकिने बताउनुभयो ।
उहाँले नेपालमा ई-वेस्टका बारेमा कानुनी रूपमा परिभाषा हुन नसकेकाले समेत फोहर व्यवस्थापनमा कठिनाइ देखिएको उल्लेख गर्दै ई-वेस्टसम्बन्धी ऐन निर्माणका लागि मन्त्रिपरिषद्मा सुझाव प्रतिवेदन पेस गरिएको जानकारी दिनुभयो । उहाँले काठमाडौँ उपत्यकाभित्र तथा अन्य जिल्लाहरूमा उत्पादन हुने ई-वेस्टको तथ्याङ्क मन्त्रालयसँग नभएको पनि बताउनुभयो ।
उपाध्यायले नेपालमा समेत अन्य विकसित देशहरूको फोहर व्यवस्थापनको मोडेल लागू गर्नुपर्ने बताउँदै विकसित देशहरूमा इलेक्ट्रोनिक फोहर जैविक फोहर फालेसरह फाल्न नपाइने र इलेक्ट्रोनिक फोहरको व्यवस्थापनमा सामान उत्पादन कम्पनीका साथै प्रयोगकर्ताहरूको समेत आर्थिक रूपमा साझेदारी रहने व्यवस्था रहेको जानकारी दिनुभयो ।
विगतमा तीन सयको हाराहारीका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले ८० प्रतिशत आयु सकिएका कम्प्युटर तथा विद्युतीय सामाग्रीहरू सहयोगका नाममा भित्र्याउने प्रक्रियालाई वातावरण मन्त्रालयको पहलमा रोकिएको उहाँले बताउनुभयो । उपाध्यायले यसप्रकारका विद्युतीय सामाग्रीहरूलाई नेपालभित्र भित्रन नदिन नेपाल सरकारको आर्थिक ऐन २०६३ ले विदेशीहरूको सहयोगमा पुराना मर्मत गरिएका विद्युतीय सामाग्रीहरूको आवागमनमा रोक लगाइएको वातावरण मन्त्रालयले जनाएको छ ।
उपाध्यायले अस्पताललाई सहयोगका नाममा विदेशी दातृ निकायबाट दिइने अधिकांश सीटीस्क्यान, भिडियो एक्सरेजस्ता उपकरणहरू समेत ८० प्रतिशत आयु सकिएका मर्मत गरिएका उपकरणहरू रहेको बताउँदै यस्ता कार्यहरू समयमै रोक्न नसकिए अपि|mकी देशको जस्तो स्थिति नेपालको पनि हुने धारणा व्यक्त गर्नुभयो ।
काठमाडौँ महानगरपालिकाका, वातावरण व्यवस्थापन विभागका इन्जिनियर रविन्द्रमान श्रेष्ठले काठमाडौँमा दैनिक ३५० टन फोहर उठ्ने गरेकोमा गल्ने खालका फोहर ७० प्रतिशत र ३० प्रतिशत नगल्ने -प्लास्टिक जन्य) फोहर रहेको बताउनुभयो । उहाँले हालसम्म इलेक्ट्रोनिक फोहर विभागमा नै नआउने गरेको बताउँदै सबैखाले इलेक्ट्रोनिक सामानहरू कवाडीले सङ्कलन गरी बिक्री गर्ने गरेको जानकारी दिनुभयो । श्रेष्ठले महानगरपालिकाको फोहर व्यस्थापनका लागि वाषिर्क करिब २० करोड रुपियाँ खर्च हुने गरेको बताउनुभयो । अस्पतालबाट निस्कने फोहर सम्बन्धित अस्पतालले व्यवस्थापन गर्ने भएकाले विभागसम्म नआउने कहिलेकाहिँ आइहालेमा अन्य फोहरसँगै डम्पिङ्ग स्थलमा व्यस्थापन गर्ने गरेको पनि जानकारी दिनुभयो ।

Post a Comment

सूचना प्रविधि

टिप्स ट्रिक्स

विविध

 
Copyright © 2014 Connected With Information and Technology