Wednesday, October 27, 2010

'क्लिन फिड' ऐन कार्यान्वयन नहुँदा ग्राहक विज्ञापन हेर्न बाध्य

अजय शर्मा
काठमाडौा । राष्ट्रले बेलैमा क्लिन फिड -विज्ञापनरहित टेलिभिजन च्यानलको प्रसारण) सम्बन्धी ऐनको पूर्णरूपमा कार्यान्वन गर्न नसक्दा ग्राहकहरू अनावश्यक विज्ञापन हेर्ने मारमा छन् भने यसको अभावमा वाषिर्करूपमा करोडौा रुपियााको विज्ञापन बजार विदेशी टेलिभिजनले ओगटेको नेपाली मिडिया उद्योगहरूको भनाइ रहेको छ ।

अमेरिका तथा युरोपेली मुलुकमा पे च्यानलहरूको प्रसारणमा कुनै पनि व्यवसायिक विज्ञापन देखाउन पाइादैन । नेपालमा भने पे च्यानलको शुल्कका साथै विज्ञापन पनि देखाइन्छ । क्लिन फिड सम्बन्धी कानुनको पूर्णरूपमा कार्यान्वय हुन नसक्दा अहिले पनि विदेशी च्यानलको उपभोगसागै विदेशी विज्ञापनसमेत हेर्न नेपाली उपभोक्ता बाध्य छन् ।

केबल टेलिभिजन तथा भर्खरै सञ्चालनमा आएका डीटीएचका ग्राहकहरूलाई त्ोकिएको महशुल बुझाए पनि पे च्यानलको प्रशारणमा समेत विज्ञापन हेर्नुपर्ने बाध्यता रहेको छ ।

सूचना तथा सञ्चारमन्त्रालयका सहसचिव महेन्द्रप्रसाद गुरागाईंले क्लिन फिडसम्बन्धी ऐनको प्राविधिक तथा कानुनी कठिनाइका कारण सम्पूर्णरूपमा क्लिन फिड लागू गर्न नसकिको बताउनुभयो । मन्त्रालयले क्लिन फिडसम्बन्धी व्यवस्थालाई क्रमशः व्यवस्थित गर्दै लैजाने लक्ष्य अनुरूप हाल विज्ञापनसहितका पे च्यानलहरूको डाउनलिङ्कका लागि प्रतिच्यानल ५० हजार रुपियाा र पि|m च्यानल तथा विज्ञापन रहितका पे च्यानलको डाउनलिङ्कका लागि २५ हजार रुपियाा प्रतिच्यानल दस्तुर तोकिएको जानकारी दिनुभयो ।

सहसचिव गुरागाईंले क्लिन फिडलाई विस्तारै लागु गदैा जाने मन्त्रालयको सोच अनुरूप विज्ञापनरहितका च्यानलहरूको डाउनलिङ्क दस्तुर विज्ञापनसहितका च्यानलहरू भन्दा सस्तो गरिएको बताउादै आगामी दिनमा विज्ञापनसहितका पे च्यानलहरूको डाउनलिङ्क दस्तुर बढाइने जनाउनुभयो ।

हाल मन्त्रालयले ९६ वटा विदेशी च्यानलहरूलाई डाउनलिङ्क अनुमति दिएकोमा ६ वटा च्यानल मात्र क्लिनफिडका रहेका छन् । क्लिन फिड प्रसारण रहेका च्यानलहरूमा एचबीओ, सिनेम्याक्स्, सिविजि, स्टार मुभिज्, च्यानल भी, भीएच वन रहेका छन् । विश्वमा पे च्यानलहरू प्रसारण गर्दा विज्ञापन हटाइनुपर्ने प्रावधान रहेको छ । हाल दक्षिण एसियाली देश पाकिस्तान, श्रीलङ्का, भुटान र बङ्गलादेशले क्लिन फिड ऐन अन्र्तगत विदेशी च्यानलहरूको प्रसारण भइरहेका छन् । यसैगरी अस्टे्रलियामा क्लिन फिड ऐन लागुसागै वाषिर्क चार करोड ८० लाख अस्ट्रेलियन डलर कर स्थानीय विज्ञापन एजेन्सीबाट सङ्कलन भएको छ ।

क्लिन फिड च्यानलसम्बन्धी ऐन तथा कानुन कार्यान्वयमा हालको साढे तीन अर्ब रुपियााको विज्ञापनमा बजार बढेर सात अर्ब रुपियाा बढ्ने विज्ञापन एसोसिएसन नेपाल -आन)का अध्यक्ष निर्मलराज पौडेलको दाबी रहेको छ । अन्य देशमा बहुराष्ट्रिय कम्पनीहरूले आफ्नो बजेटको पााचदेखि सात प्रतिशत विज्ञापनमा खर्च गर्ने गरेको बताउादै नेपालमा भारतका च्यानलहरूको निर्वादरूपमा प्रसारणमा रहेकाले पनि बहुराष्ट्रिय कम्पनीहरूको विज्ञापन भनेबमोजिम नआएको जनाउनुभयो ।

उहााले नेपालको मिडिया बजारको भारतमा योजना हुनेभएकाले नेपालमा विदेशका विज्ञापनहरू त्यति नआउने बताउनुभयो । अध्यक्ष पौडेलले नेपालको भूमि अहिले विदेशी च्यानलमार्फत स्याटलाइट अतिक्रमणमा रहेको जनाउनुभयो ।

केबल एसोसियसन नेपालका कार्यकारी अधिकृत राधेश्याम लेकालीले भौगोलिकरूपमा समेत नेपाल भारतको नजिक रहेकाले नेपालका लागि भारतीय च्यानलहरु क्लिन फिडमा उपलब्ध नभएकाले पनि तत्काल सम्पूर्ण विदेशी पे च्यानलहरूको क्लिन फिड प्रसारण गर्न नसकिने जनाउनुभयो ।

उहााले विदेशी च्यानलहरूमा विज्ञापन प्रसारण हुने हुादा नेपालको विज्ञापन बजार प्रभावित रहेको बताउनुभयो । लेकालीले नेपालको विज्ञापन बजारलाई बढी प्रभावित पार्ने च्यानलहरू तत्काल क्लिन फिडमा लैजानुपर्नेमा जोड दिनुभयो । हाल क्लिन फिडमार्फत प्रसारणमा रहेका च्यानलहरूमध्ये एचबीओ, सिनेम्याक्सको प्रतिच्यानल प्रतिमहिना भ्याट बाहेक ८० रुपियाा रहेको तर विज्ञापनसहितका पे च्यानलहरु प्रतिच्यानल पााचदेखि १० रुपियाा मात्र रहेकाले सम्पूर्ण च्यानल क्लिन फिड प्रसारणमा गएमा ग्राहकहरू मारमा पर्ने लेकालीको ठहर रहेको छ ।



Post a Comment

सूचना प्रविधि

टिप्स ट्रिक्स

विविध

 
Copyright © 2014 Connected With Information and Technology