Wednesday, September 22, 2010

सरकारी कार्यलयमा समेत चोरीका सफ्टवयेर


० अजय शर्मा
कम्प्यूटर सफट्वयरहरु चोरी कार्यमा सर्वसाधारण मात्र नभइ सरकार समेत चोरी कार्यलाई प्रसय दिएको पाइएको छ । गैरकानुनी तवरले व्यक्तिगत तथा व्यापरिक प्रयोजनका लागि कम्प्यूटर सफट्वयरको प्रयोग गरिनु नै 'सफट्वयर चोरी' हो ।

कम्प्यूटर सफट्वयरहरु चोरीमा सरकारी निकाय नै रहेको वताउनुहुन्छ कम्प्यूटर एसोसिएसन नेपाल -क्यान) का महासचिव विनोद ढकाल । ढकाललेेसफट्वयर उत्पादन कम्पनीहरु संग सरकारद्वारा समन्वयन गरेर नेपालीहरुको क्रय शिक्तका आधारमा कम्प्यूटर सफट्वयरहरु खरिद गर्नु पर्नेमा जोड दिनुभयो । साथै उहााले कम्प्यूटर प्रयोग कर्ताहरुलाई 'ओपन सोर्स' का बारेमा जानकारी दिदै त्यस तर्फ लाग्न प्रेरित गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
क्यानका पूर्व अध्यक्ष विप्लवमान सिंहले सरकारी कार्यालयहरु समेत सक्कली कम्प्यूटर सफट्वयरको प्रयोग न्यून रहेको वताउदै सरकारी कार्यालयमा ९० प्रतिशत कम्प्यूटर सफट्वयरहरु चोरीका प्रयोग हुने गरेको दावी गर्नुहुन्छ ।
विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामहरी अर्यालले चोरी गरिएका सफट्वयरहरु मन्त्रालयमै प्रयोगमा रहेको स्वीकार्नु भयो । उहााले चोरी कम्प्यूटर सफट्वयरहरु व्यापक रुपमा प्रयोग भइरहेको स्वीकार्दै त्यस सम्बन्धि कानून रहेता पनि कार्यान्वयन गर्न नसकेको वताउनुभयो । सचिव अर्यालले कम्प्यूटर सफट्वयर चोरीलाई निरुत्साहित गर्नका लागि प्रयोग कर्ताहरुलाई 'ओपन सोर्स' का बारेमा जानकारी दिनुपर्नेमा जोड दिनुभयो ।
उहााले अन्य युरोपेलि तथा एसियाली देशहरुमा समेत यस प्रकारका सफट्वयर चोरीका समस्या रहेको बताउनुभयो । सचिव अर्यालले प्रयोगकर्तालाई सक्कली सफट्वयरहरु मात्र प्रयोग गर भन्ने स्थिति नरहेको बताउनुभयो । सक्कली सफट्वयर मात्र चलाउदा अधिकांश नेपालीले कम्प्यूटर नै चलाउन नसक्ने अवस्था रहेको जीकिर गर्नु भयो ।
नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार विरबहादुर राईले माइक्रोसफ्ट कम्पनी संग नेपालीहरुको आर्थिक स्थीतिको मध्यनजर गदै विशेष मुल्यमा सक्कली सफ्टवयर उपलब्ध गराउन माग राखेको जानकारी गराउनुभयो । रजिष्ट्रार राईले नेपाली कम्प्यूटर प्रयोगकर्ता न्यून आर्थीक अवस्था भएका कारण सफट्वयर चोरीका सम्बन्धमा कडिकडाउ गर्न नसकिएका बताउनुभयो ।
एसियाका दुई विशाल देश चीन ७३ प्रतिशत र भारत ९२ प्रतिशत सफट्वयर चोरीमा रहेको एक शोध अनुसन्धानले बताएको छ । हाल विश्वमा पर्सनल कम्प्यूटरमा माइक्रोसफ्टका सफ्टवयर ९० प्रतिशत तथा लिनक्सका सफ्टवयर ३५ प्रतिशत प्रयोग भइरहेको छ ।
नेपालमा यस प्रकारका गैरकानूनी तवरले प्रयोगमा रहेका कि्रयाकलाप रोक्नका लागि नेपाल सरकारले २००५ सालमा विद्युतिय कारोवार ऐन-२००५ तर्जुमा गरेको थियो । तर पनि कानून घोषणा भएको पाचा वर्ष वितिसक्दा पनि हालसम्म यस प्रकारका अपराध रोक्न सरकारी निकाएबाट कुनै कार्य भएको देखिदैन । नेपाल सरकाले ल्याएको सूचना प्रविधि निति -आइटि) तथा साइवर कानून पूर्ण रुपले असफल भएको देखिन्छ ।
यस प्रकारको समस्या नेपालमा मात्र नभइ विश्वमै निकै जल्दो बल्दो विषय बनेको छ । विजनेश सफ्टवयर एलाएन्स -विएसए) को एक अनुसन्धानका अनुसार विश्वमा सफ्टवयर चोरीमा अर्मानिया, मोल्डोभा, अजरवाइजन, बंगलादेश, जिम्वावे, श्रीलंका, यमन, लेविया, भेनेन्जुला, इराक लगायत दश मुलुक अग्र स्थानमा रहेको पाइएको छ ।
काठमाडौमा हेर्ने हो भने गल्ली गल्लीमा चोरीका सफ्टवयरहर यत्रतत्र पाउन सकिन्छ सिडि तथा डिभिडिमा पाइने ति सफ्टवयरहरु हेरिकन ५० रुपैया देखि १०० रुपैयाामा पाइन्छन् । सक्कली सफ्टवयरको तुलनामा यस्ता सफ्टवयरहरु सयौं गुणा सस्तोमा पाइने हुदाा नेपालीमात्र नभइ विदेशीहरु पनि यस्ता सफ्टवयरहरु किन्ने गरेको बताउछन् एक फुटपाथका सिडि विक्रेता ।
नेपाली समाजमा चाहे त्यो सफ्टवयर होस् या गिति, सिनेमाको सिडि हामी साथी भाई संग बाड्ने संस्कृतिको विकास भईसकेको छ । यसरी बाड्दा हामीलाई अपराध गरेको महसुस भन्दा पनि गर्वको अनुभव गर्दछौ हामीमा गैरकानूनी काम गरेको हेक्का नै हुदैन । यस प्रवृतिको अन्यका लागि सम्वन्धित निकायबाट सफ्टवयर तथा गित संङगितका सिडि कपि गर्ने काम गैरकानूनी कुरा रहेको जनमानसमा बुझाउनु पर्ने आवश्यक देखिन्छ ।
नेपालमा हाल सबै भन्दा ठूलो साईवर अपराधका रुपमा रहेको सफट्वयर चोरी नै रहेको  छ । यस्ता अपराध रोक्नका लागि सरकारी तथा आइटी कम्पनीहरुले जनचेतनाका साथै पि|m तथा ओपन सोर्स सफ्टवयरको बारेमा जानकारी दिनु पर्ने आवश्यक देखिन्छ ।

Post a Comment

सूचना प्रविधि

टिप्स ट्रिक्स

विविध

 
Copyright © 2014 Connected With Information and Technology