Wednesday, September 22, 2010

डीटीएच जन्मँदै चर्को प्रतिस्पर्धा

साभार गोरखापत्र
डीटीएच जन्मँदै चर्को प्रतिस्पर्धा
अजय शर्मा / भेषराज बेल्वासे
मूल्य रू. ७,६००+भ्याट, मङ्सिर महिनासम्म निःशुल्क, ८० च्यानल ।
७० भन्दा बढी च्यानल, चार महिना निःशुल्क, कुल रू. ८,५४५ ।
स्पेशल पि्रमियम अफर, ६० च्यानल, ४८ महिना निःशुल्क, कुल रू १५,००० ।

नेपाली बजारमा डीटीएच -डाइरेक्ट टु होम) प्रविधि राम्ररी भित्रिन पनि नपाउँदै 'कट-थ्रोट कम्पिटिसन' अर्थात गला रेटाइ प्रतिस्पर्धा प्रारम्भ भएको छ । ८० च्यानल, ७० च्यानल, ५० च्यानल वा ६० च्यानल Û निश्चित रकम भु्क्तानपछि चार महिनासम्म निःशुल्क हेर्ने कि, २४ महिना वा ४८ महिना ? ग्राहकसामु डीटीएच सेवा प्रदायकहरूले 'मेनु' पस्कन थालेका छन् ।

'डाइरेक्ट ब्रोडकास्ट स्याटेलाइट सर्भिस' अर्थात डीबीएस् नामबाट पनि त्यत्तिकै परिचित डीटीएच् प्रविधिप्रति नेपाली ग्राहकहरूको प्रतिक्रिया पनि सकारात्मक नै पाइएको छ । यही साउन २९ गते मा सेवा प्रारम्भ गरहेको होम टीभीका अनुसार, अहिलेसम्म ४० हजार जनाले बुकिङ गरिसकेका छन् भने सफल रूपमा परिक्षण प्रसारण गरेको डिस टीभीले पनि भदौ ११ गते सफल रूपमा परीक्षण प्रसारण गरेको जानकारी दिएको छ ।

प्रतिस्पर्धामा कति कम्पनी ?

अढाइ दशक नाघिसकेको छ नेपालबाट टेलिभिजन प्रसारण प्रारम्भ भएको । त्यसभन्दा अघि सीमित व्यक्तिले विदेशबाट, खासगरी भारतबाट प्रसारित दूरदर्शन र अन्य सीमित च्यानलहरू हेर्दथे । अहिले ३० वटा संस्थाले टेलिभिजन प्रसारणको इजाजतपत्र पाएका छन् । १४ वटा च्यानल नियमित प्रसारणमा रहेका छन् । स्याटेलाइटको कारण विदेशी च्यानलसम्म नेपाली दर्शकको पहुँच सहज भएको छ । छ सयभन्दा बढीको संख्यामा दर्ता भएका केबल प्रसारकहरूले पनि नेपाली तथा विदेशी च्यानलहरूलाई नेपाली दर्शकमाझ पुर्‍याउन निकै सहयोग गरेका छन् । यद्यपि यी केबल प्रसारकहरूमध्ये कतिपयका इजाजत रद्द वा खारेज पनि भइसकेका छन् । अहिले आएर 'डाइरेक्ट टु होम' ले स्वदेशी तथा विदेशी च्यानलसम्म नेपाली दर्शकको पहुँच बढाउन सघाउँदैछन् ।

सूचना तथा सञ्चार मन्त्रालयका अनुसार, मन्त्रालयबाट इजाजत लिएका डीटीएच सेवा प्रदायक कम्पनीहरूको सङ्ख्या नौ पुगेको छ । त्यो नेपालको सन्दर्भमा बढी भएको टिप्पणी गरिंदै आएको छ । हाललाई भने केही समयका लागि डीटीएचका लागि नयाँ आवेदनको लागि रोकिएको मन्त्रालयले जनाएको छ ।

डीटीएच् सेवाका थालनी सहज काम भने होइन । एक अर्बकै हाराहारीमा लगानी लाग्ने यो सेवा प्रराम्भ गर्न सञ्चालन गर्ने संस्था दर्ता भएको प्रमाणपत्र, संस्थाको विधान, स्टेसन राखिने घरको लालपुर्जा, घरधनीसँगको सम्झौता पत्रलगायका आवश्यक कागजात सूचना तथा सञ्चार मन्त्रालयमा पेश गर्नुपर्दछ । प्रसारण इजाजत अनुमतिका लागि २५ हजार रूपियाँ र अर्थ स्टेशन लाइसेन्सका लागि एक लाख रूपियाँ प्रतिच्यानल धरौटीबापत राख्नुपर्दछ । यसकारण पनि केबल प्रसारकहरूको जस्तो भिड लागेको छैन ।

यो हो डीटीएच

'डाइरेक्ट टु होम' प्रविधि अन्तर्गत पि|mक्वेन्सी सिग्नललाई 'डिस' र 'सेट टप बक्स' का माध्यमबाट सिधै घरको टेलिभिजनसम्म पुर्‍याइन्छ । स्याटलाइटमार्फत आएको रेडियो सिग्नललाई कुनै हब हुँदै सेट टप बक्समा डाउन लिङ्क गर्ने प्रविधि नै डीटीएच हो । यसका लागि एउटा एन्टिना घरको छतमा र घरभित्र रिसीभर राखेपछि आफूले पैसा तिरेर हेर्न चाहेको च्यानल टेलिभिजनमा हेर्न सकिन्छ ।

फाइदाको कुरा

ठूलो सङ्ख्यामा रहेका केबल प्रसारकहरूले सस्तोमा स्वदेशी तथा विदेशी च्यानलहरू दर्शकहरूको घर-घरमा पुर्‍याइरहेको बेला ठूलो लगानी आवश्यक पर्ने डीटीएचको आवश्यकता नै किन पर्‍यो र ? यसका कुनै खास फाइदाहरू छन् त?

डीटीएचका माध्यमबाट ग्राहकको इच्छा अनुसारका कार्यक्रम छनोटका साथै इच्छा अनुरुपका फिल्म तथा गेम रोजेर हेर्न तथा खेल्न सकिन्छ । आफुलाई मन नपर्ने च्यानलहरू हटाएर ग्राहकले मन लागेका च्यानलहरू मात्र डीटीएच सेवा प्रदायकहरूबाट लिन सक्छन् । यसका अतिरिक्त डीटीएचका माध्यमबाट पाँच सयभन्दा बढी च्यानल हेर्न सकिने सुविधाका साथै व्यक्तिगत रेकर्डिङग सुविधा समेत उपलब्ध हुन्छ ।

डीटीएच सेवा प्रदायक कम्पनीहरूको दाबी छ, यो सेवामार्फत उच्च गुणस्तरीय सेवा हाल केबललाई तिरेको जति नै शुल्कमा प्राप्त गर्न सकिन्छ । गुणस्तरीय सेवा प्राप्त हुने सेवा प्रदायकहरूको दाबी सही भए पनि केबलभन्दा सस्तो हुने दाबी भने तत्कालका लागि सही देखिएको छैन । हाल सञ्चालनमा रहेको होम टीभी र निकट भविष्यमा सञ्चालनमा आउने डिस टीभीले अघि सारेका 'प्याकेज' हरूलाई एक छिन बिर्सने हो भने ट्यारिफ संरचनाको आधारमा मात्र डीटीएच सस्तो हुने आधार भने फेला पर्दैन । यी सेवा प्रदायकहरूले आधारभूत प्याकेजका लागि न्यूनतम मूल्य निर्धारण गर्ने र लोकपि्रय तथा मनोरञ्जक च्यानलहरूको प्याकेजका लाग थप शुल्क लिने हुनाले हाल केबुल प्रसारकहरूलाई एकमुष्ट शुल्क तिरिरहेका ग्राहकहरूले तिनै च्यानहरूका लागि बढी रकम तिर्नुपर्ने त होइन भन्ने आशङ्का अहिले नै गर्न थालिएको छ ।

नेपाली दर्शकहरू माझ एउटा लाइन लिएर 'स्प्िलटर' को सहयोगबाट एकभन्दा बढी टेलिभिजन हेर्ने आमप्रचलन रहेको छ । अन्य व्यवस्था भएमा बाहेक डीटीएचका ग्राहकले यस्तो 'सुविधा' पाउने छैनन् । यो भने 'घाटाको व्यापार' हुनेछ थुप्रै दर्शकका लागि ।

कतिवटा च्यानल ?

सूचना तथा सञ्चार मन्त्रालयबाट स्वदेशी तथा विदेशी च्यानल गरी जम्मा ९१ वटा च्यानललाई नेपाली भू-भागमा डाउनलिकङ्का लागि मन्त्रालयले अनुमति दिएको छ । यसरी टेलिभिजनको प्रसारण अनुमति लिनेमा होम टिभिले ८० वटा च्यानल तथा डिस टिभिले ७४ वटा च्यानल प्रसारण अनुमति लिएका छन् ।

मन्त्रालयका सह-सचिव महेन्द्रप्रसाद गुरागाईंका अनुसार, पहिलो चरणको इजाजत पाएका टेल्को इन्टरटेन्मेन्ट प्रा.लि, स्याटलाईट च्यानल प्रा.लि, डिस मिडिया नेटवर्क प्रा.लि, सिजी टेक्नोडि्रम्स प्रा.लि, एम भिजन प्रा.लि, मेरिगोल्ड इन्टरटेनमेण्ट प्रा.लि, विश्वविनायक नेटवर्क प्रा.लि.मध्ये स्याटलाईट च्यानल प्रा.लि.को होम टिभि र डिस मिडिया नेटवर्क प्रा.लि. को डिस टीभीले उपकरण खरिद तथा अर्थस्टेसन निमार्णका लागि दोस्रो चरणको लाइसेन्स लिएका छन् ।

केबल टेलिभिजन सेवा प्रदायकहरू

डीटीएचको थालनीसँगै नेपालभरका पाँच लाखभन्दा बढी टेलिभिजनका दर्शकहरूलाई सेवा पुर्‍याउँदै आएका चार सयको हाराहारीमा रहेका केबल टेलिभिजन प्रदायक कम्पनीहरूले पनि मानसिक रूपमा आफूलाई प्रतिस्पर्धाका लागि तयार पारेका छन् । केबल टेलिभिजन एसोसिएसन नेपालका कार्यकारी निर्देशक राधेश्याम लेकाली भन्नुहुन्छ- "प्रबिधिका नयाँ रूप भित्रिँदा स्वीकार गर्नैपर्छ । फेरि डीटीएच प्रविधि त हाम्रै मागका कारण आउन लागेको हो ।"

नेपाली डीटीएचको प्रवेशसँगै नेपालमा अवैधानिक रूपमा सञ्चालनमा रहेका दुईलाख भन्दा बढी विदेशी डीटीएचहरू विस्थापित हुनुपर्छ भन्ने माग केबल टेलिभिजन प्रदायकहरूले गरेका छन् । डीटीएचले नेपालमा सञ्चालित केबल टेलिभिजन सेवा प्रदायकहरूलाई ८ देखि १० प्रतिशतसम्म असर गर्ने उनीहरूको अनुमान छ । केबल नपुगेका क्षेत्रमा डीटीएच सेवा प्रभावकारी हुने तथा सहरी क्षेत्रमा पनि केबल र डिटीएचका ग्राहकहरू आ-आˆनै हुने कार्यकारी निर्देशक लेकालीको भनाइ छ ।

यसैबीच केबल टेलिभिजन सेवा प्रदायकहरूले पनि प्रतिस्पधा अनुभव गरी आˆनो सेवालाई 'अनालग' बाट 'डिजिटल' मा रूपान्तरण गर्न थालेका छन् ।

आउँदैछ नेपाल टेलिकम पनि

सरकारलाई सबैभन्दा बढी कर बुझाउने संस्था नेपाल टेलिकमले डीटीएच सेवाका लागि आवश्यक पर्ने 'डीटीएच हब' सञ्चालनमा ल्याउने तयारीमा रहेको छ । तीन दशकअघि चानचुन १५ हजारको पीएसटीएन टेलिफोन र आकाशवाणी सेवाबाट हाल सबै गाविसमा टेलिफोन सेवा पुर्‍याएपछि भी-स्याट उपकरणमार्फत डीटीएच हब ल्याउने तयारीमा रहेको टेलिकमको स्याटेलाइट सेवा निर्देशनालयका प्रबन्धक वीरेन्द्रप्रसाद प्रधानले बताउनुभयो ।

यता मन्त्रालयका सहसचिव तथा प्रमुख टेक्निकल अफिसर सूर्यबहादुर राउतले देश भित्रैबाट टेलिभिजन कार्यक्रम प्रसारण, वितरण तथा नियन्त्रण गर्ने लक्ष्य अनुरूप हब स्टेसनको परिकल्पना गरिएको बताउँदै टेलिकम्यूनिकेशनको इजाजत प्राप्त नेपाल टेलिकमले डीटीएचको हब सञ्चालन गर्ने कुरा कानुनी रूपमा वैधानिक नभएको बताउनुभयो । डीटीएच सम्बन्धी ब्रोडकास्टिङ सम्बन्धी काम मन्त्रालयको प्रसारण महाशाखाले हेर्ने भएकाले यस प्रकारको नीतिगत काम कारबाही टेलिकमको क्षेत्राधिकार भित्र नपर्ने जनाइएको छ । मन्त्रालयको भनाइलाई खण्डन गर्दै प्रबन्धक प्रधान भन्नुहुन्छ- 'टेलिकम पनि व्यक्ति सरह कर तिर्ने संस्था हो । यसका लागि लाइसेन्स नै लिनुपर्ने भए पनि ठूलो कुरा होइन ।'

होम टीभी र डिस मिडियाले आˆनै हब किनिसकेका छन् भने मन्त्रालयबाट डीटीएच सेवा सञ्चालनका लागि अनुमति पाएका मध्येको अर्को कम्पनी सीजी टेक्नो डि्रम्सले टेलिकमको हब लिने कुरा भइरहेको छ तर सम्झौता भइसकेको छैन । डीटीएच हबका लागि आवश्यक तयारी भने अगाडि बढाइनसकेको टेलिकमका लागि अझै आठ देखि १० महिना लाग्नेछ ।

छ्यापछ्याप्ती अबैध डीटीएच

नेपालमा हाल हजारौंको संख्यामा रहेको डीटीएच सेवा उपयोगकर्ताहरूले भारतीय कम्पनीहरूबाट सेवा प्राप्त गरिरहेका छन् । यसरी अवैध रूपमा सञ्चालिन डीटीएचमार्फत नेपालको करोडौं रूपिँया भारत जाने गरेको छ भने आˆनो स्वार्थ प्रतिकूल हुने कुनै पनि विषयवस्तुमा 'सेन्सर' गर्न सक्ने प्रविधि नेपालसँग छैन । यसकारण नेपालका लागि आउने बहुर्राष्ट्रिय कम्पनीका विज्ञापन पनि भारतीय डीटीएच कम्पनीहरूको बिस्तारसँगै उतै रोकिन थालेका छन् ।

अहिले पनि काठमाडौंको न्युरोडको कुनै अग्लो घरको छतमा उभिएर हेर्ने हो भने भारतीय डीटीएचका डिसहरू प्रशस्तै देख्न पाइन्छन् । मुलुकका प्रतिष्ठित व्यक्तिहरूका घरमा समेत अवैध डीटीएच भएको कुरा सूचना तथा सञ्चार मन्त्रालयका पदाधिकारीहरू पनि स्वीकार गर्दछन् । हाल अबैध रूपमा भारतबाट भित्र्याइएका डिटीएच सेवालाई विस्थापन गर्ने नेपाली डीटीएच सेवा प्रदायकहरूको भनाइ छ ।

गैरकानुनीरुपमा सञ्चालनमा रहेका विदेशी डीटीएचहरुको प्रयोगप्रति सूचना तथा सञ्चार मन्त्रालयको ध्यानार्कषण भएको जानकारी गराउँदै सहसचिव महेन्द्रप्रसाद गुरागाई भन्नुहुन्छ- 'राष्ट्रिय प्रसारण ऐन तथा नियमावली बमोजिम इजाजतपत्र वा अनुमतिपत्र नलिई अनधिकृत रूपमा कुनै कार्यक्रम प्रसारण वा वितरण गरेको पाइएमा त्यहाँ प्रयोग भएका उपकरण नियन्त्रणमा लिइनेछ ।'

यसैगरी राष्ट्रिय प्रसारण -चौथो संशोधन) नियमावली, २०६६ अन्तर्गत अवैध डिटिएच प्रयोग गरी कार्यक्रम प्रशारण गर्ने ग्राहकको हकमा उपकरण जफत गर्ने तथा केबुल अपरेटरको सम्बन्धमा भने प्रमुख जिल्ला अधिकारीले रू. दश हजारसम्मको दण्ड सजाय गर्ने व्यवस्था रहेको सहसचिव गुरागाईले बताउनुभयो ।

सेवा प्रदायक बढी भयो कि ?

नेपालको बजारको आकारको तुलनामा डीटीएच सेवा प्रदायकहरूको संख्या बढी रहेको धारणा छ विज्ञापन सङ्घ नेपाल -आन) का अध्यक्ष निर्मलराज पौडेलको । उहाँ भन्नुहुन्छ- "यसमा सरकारको दीर्घकालीन सोच देखिएन । किन यसरी लाइसेन्स बितरण भइरहेको छ ? नेपाली दर्शकका लागि उपयुक्त एक सयभन्दा बढी च्यानलको उपलब्धता हुने सो सेवा सञ्चालनका लागि तयार हुँदासम्म एक अर्बभन्दा बढी लगानी लाग्छ ।"

अध्यक्ष पौडेलको भनाइमा नेपाली बजारमा बढीमा दुईवटा मात्र डीटीएच सेवा प्रदायक कम्पनीलाई सरकारले सञ्चालनका लागि इजाजत प्रदान गर्नुपर्दछ । पौडेलले भन्नुभयो- भारत जस्तो ठूलो मुलुकमा छवटा डीटीएच सञ्चालनका लागि अनुमति दिइएको छ भने मलेसिया तथा दक्षिण कोरियाजस्तो ठूलो बजार भएको मुलुकमा सरकारले एउटा मात्र डीटीएच सेवा सञ्चालनका लागि अनुमति प्रदान गरेको छ ।'

निष्कर्ष
सूचना तथा सञ्चार क्रान्तिको जमानामा नयाँ प्रविधि भित्रिनु खुशीकै कुरो हो । डीटीएचको प्रवेश स्वागतयोग्य कुरो हो तर यसले नेपाली ग्राहक-दर्शकको मन जित्नेछ वा छैन भन्ने कुरो भने हालका लागि भविष्यको गर्भमा नै रहेको छ । यद्यपि नेपाली दर्शकले स्तरीय सेवा प्राप्त गर्नेमा भने शङका छैन ।

Post a Comment

सूचना प्रविधि

टिप्स ट्रिक्स

विविध

 
Copyright © 2014 Connected With Information and Technology