Wednesday, September 22, 2010

डिएनए परीक्षणले कानुनी मान्यता पाउन सकेन

डिएनए परीक्षणले कानुनी मान्यता पाउन सकेन
० अजय शर्मा
विश्वका विकसित मुलुकहरुमा डिएनए परीक्षणले हत्या, अपराध, नाता प्रमाणीत जस्ता सवालहरुमा कानुनी मान्यता पाइसकेको भएता पनि नेपालमा अहिलेसम्म पूर्णरुपले कानुनी मान्यता पाउन सकेको छैन ।
    जुम्ल्याहा बाहेक प्रत्ययेक व्यक्तिको डिएनए संरचना फरक फरक हुने हुदाा, यसले व्यक्तिको परिचय दिने गर्दछ । डिएनए प्रोफाइलिङबाट नै कुनै पनि व्यक्तिको परिचय स्थापित गर्न सक्ने प्रविधि विकास भइसकेको छ । डिएनए प्रोफाइलिङको प्रयोगबाट वेपत्ता भएका व्यक्तिको खोजि, बलात्कार, हत्या लगायतका घटनाहरुको अध्ययन अनुसन्धानका लागि अत्यन्तै उपयोगि मानिएको छ ।
    जैविकरुपले नाता प्रमाणित, बसाईसराई, नागरिकता जस्ता प्रयोजनका लागि समेत विश्वका विकसित देशहरुमा यस प्रविधिको प्रयोग उल्लेख्यरुपमा भइरहेको छ । विकसित देशहरुमा डिएनए परिक्षणले पूर्णरुपमा कानुनी मान्यता पाइसकेको छ । यसैका आधारमा अदालतबाट फैसला समेत हुने गर्दछ । 
    नेपालमा डिएनए परीक्षण सुरुभएको २५ वर्ष वितिसक्दा पनि नेपालका अदालतहरुमा अझै सम्म यसले पूर्णरुपले कानुनी मान्यता पाउन सकेको छैन । डिएनए जस्तो वैज्ञानीक तथ्यलाई बेवास्ता गर्दै नेपालका न्यायधिसले परम्परागत ढंगबाट फैसला गर्दै आइरहेको प्रति राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका विशेष वैज्ञानीक जीवनप्रसाद रिजालले दुःखेसो व्यक्त गर्नुहुन्छ  ।
    वैज्ञानीक रिजालले ऐन तथा कानुनबाट अदालतलाई विज्ञानको ट्रयाकमा ल्याउनुपर्नेमा जोड दिदै नेपालका अदालतमा वैज्ञानीक चिन्तनको कमी रहेको आरोप लगाउनुभयो । राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले गरेका परिक्षणहरु अदालतले स्विकार गर्नै पर्ने धारणा राख्दै अन्यथा यस प्रकारका अध्ययन अनुसन्धानको औचित्य नहुने जीकिर गर्नुभयो ।
    अदालमा न्यायधिशहरुले मुख हेरेर फैसला सुनाउने तर डिएनए परिक्षणबाट आएको तथ्यलाई लत्याउने यो कस्तो न्याय प्रणाली हो ? उहााले सम्बन्धित निकायलाई प्रश्न गर्नुभयो । यस अधि राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट गरिएको डिएनए परिक्षणलाई लत्याइएको सम्झना गराउदैा बैज्ञानीक परिक्षणलाई तर्कका आधारमा लत्याउने प्रक्रिया गलत रहेकाले न्यायलयहरुमा यस प्रकारका प्रवृतिहरुले प्रसय पाउादा अदालतमा गलत संस्कारको विकास हुने वैज्ञानीक रिजालको धारणा छ ।
    राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका विशेष वैज्ञानीक जीवनप्रसाद रिजालले विशेष गरी व्यक्तिगत रुपमा प्रेमप्रेमिका डिएनए परीक्षणका लागि आउने गरेको बताउनुभयो । यसरी आउनेहरुमा युवा युवतीहरु जन्मीएको बच्चा आफ्नो सन्तान हो या होइन भन्ने यकिन गर्नका लागि परीक्षण गराउन आपसि सहमतिमै आउने गरेको बताउनुभयो । यसरी व्यक्तिगतरुपमा डिएनए परीक्षण गराउन आउनेहरु परीक्षणबाट आफ्नो सन्तान ठहरीए उनीहरु विच मेलमिलाम हुने गरेको बताउनुभयो ।
    अदालतबाट बलात्कार, अपराध, बाबुआमा छोराछोरी विच नाता प्रमाणीत जस्ता धेरै खाले मुद्धाका लागि समेत डिएनए परिक्षण गर्न प्रयोगशालामा आउने गरेको जनाउनुभयो ।
    उहााले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला प्रयाप्त अत्याधुनिक उपकरणका साथै कुशल जनशक्ति रहेको बताउनुभयो । प्रयोगशालाबाट हुने गरेको डिएनए परीक्षण अन्र्तराष्ट्रिय मापदण्ड अनुरुप नै रहेकाले पनि परीक्षणबाट आउने नतिजा विश्वसनिय रहेको बताउनुभयो ।
डिएनए सम्बन्धि विद्ययमान कानुन अपुरो तथा अस्पष्ट रहेकाले पनि नयाा ऐन तथा कानुन ल्याउनुपर्ने जीकिर गर्नुभयो । साथै उहााले अदालतहरुमा समेत विज्ञान सम्बन्धि ज्ञान भएका व्यक्तिहरुको व्यवस्था गरिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
    प्रयोगशालामा डिएनए परीक्षणका लागि सामान्यतया एक हप्ता लाग्ने गरेको उहााले बताउनुभयो । साथै ताजा रगतको परीक्षण वापत आठ हजार रुपियाा लाग्ने गरेको जानकारीे दिनुभयो । 
    राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा रगत, विर्य बाट डिएनए परीक्षण हुदैा आएकोमा विगत एक बर्ष देखि  हाडबाट पनि डिएनए परीक्षण शुरु भएको छ ।

Post a Comment

सूचना प्रविधि

टिप्स ट्रिक्स

विविध

 
Copyright © 2014 Connected With Information and Technology