Wednesday, September 22, 2010

कानुन विपरित विदेशी डीटीएच्

कानुन विपरित विदेशी डीटीएच्
० अजय शर्मा
नेपाली भूभागमा पछिल्लो समयमा कानुन विपरित विदेशी डीटीएच् -डाइरेक्ट टु होम)को प्रयोगको साथसाथै अवैधरुपमा केबल टेलिभिजन मार्फत समेत डीटीएच को माध्यमद्वारा विदेशी च्यानलहरुको प्रसारण हुने गरेको पाइएको छ ।
डीटीएच् अर्थात् डाइरेक्ट टु होम आकाशमा रहेका असंख्य टेलिभिजन च्यानलहरु स्याटेलाइटको माध्यमबाट दर्शकको घरघरसम्म कार्यक्रम वितरण गर्ने प्रणाली भएकोले यस प्रविधिमा केबल टेलिभिजनमा जस्तो तार तानिरहन आवश्यक पर्दैन । डीटीएच मार्फत टीभीका च्यानलहरु ग्राहकहरूको घरमा राखिएका एन्टेनाका माध्यमबाट सोझै स्याटेलाइट सङ्केतहरूलाई ग्रहण गर्ने गरिन्छ ।
    नेपाल केबुल टेलिभिजनका अधिकृत राधेश्याम लेकालीले डीटीएच् मार्फत टेलिभिजनको प्रसारण हुनुपर्छ भन्ने माग सरकारसंग धेरै अगाडि गरिएको भएता पनि भर्खरमात्र इजाजतपत्र दिने काम भएको बताउनुभयो । उहााले नेपाली भूभागमा भारतीय डीटीएचहरुको प्रयोगका साथै अवैधरुपमा विदेशी च्यानल डाउनलिंक कार्य समेत निकै बढेको बताउदैा सम्बन्धित निकायले यसप्रकारका गैरकानुनी कार्य रोक्नुपर्ने माग समेत राख्नुभयो ।
    डीचीएच सेवाको प्रारम्भ भएपछि अहिलेको सञ्चालनमा रहेको केबल टेलिभिजनका ग्राहकहरु ८ देखि १० प्रतिशत प्रभावित गर्ने बताउदैा केबल टेलिभिजन नपुगेका भूभागमा समेत यसको प्रयोग गर्न सकिने वहााले बताउनुभयो । लेकालीले डीटीएच्का माध्यमबाट डिजिटल अडियो तथा भिडियो हुने हुादा सफा र स्पस्ट च्यानलहरु हेर्ने सकिने जानकारी दिनुभयो ।
नेपालको इतिहासमै पहिलो पटक डीटीएच् सेवा सञ्चालनमा ल्याउने तयारी गरिरहेको स्याटेलाइट च्यानल प्रालीकोे होम टिभि डीटीएच्ले ८० वटा च्यानलका साथ ग्राहक समक्ष आउदो असार महिना देखि सेवा दिने तयारीमा जुटेको स्याटेलाइट च्यानल प्रालीका जनसम्पर्क अधिकृत जेकिस्टर बाबुले जानकारी दिनुभयो । यसरी आफूले ल्याउन लागेको डीटीएच्मा बिदेशी च्यानलका अतिरिक्त अधिकांश नेपाली च्यानल रहने बताउनुभयो ।
    स्याटेलाइट च्यानल प्रालीका जनसम्पर्क अधिकृत जेकिस्टर बाबुले हाल सञ्चालनमा रहेका केबल टेलिभिजनबाट भन्दा डीटीएच्का मार्फत ग्राहकले गुणस्तरीय सेवा पाउनेे बताउनुभयो । केबल टेलिभिजन भन्दा फरक ढंगले डीटीएच सेवा ग्राहकको घरमा पुग्ने बताउदै उहााले भूउपग्रहबाट प्रसारण गरिएका टेलिभिजन च्यानलहरु ग्राहकको घरका छाना तथा झ्यालहरुमा झुण्डाईएका साना एन्टेनाका माध्यमबाट सोझै घरघरमा पुग्ने जानकारी दिनुभयो । नेपाल भित्र अहिले गैरकानुनी रुपमा सञ्चालनमा रहेका विदेशी डीटीएचहरुको अबैध प्रयोगको निवारण होम टिभिको डीटीएचको सञ्चालन संगै क्रमशः न्यून हुदैा जाने विश्वास समेत व्यक्त गर्नुभयो ।
यसरी सञ्चालनमा ल्याउन लागीएको होम टिभि डीटीएचमा सुविधा सम्मपन्न लक्जरी सेवा डीटीएचमा जसमा भिडियो रेकडिङ, बालबालिका लागी गेम लगायतका सुविधा समावेश गरिएका छन् भने बेसिक सेवा डीटीएचमा टेलिभिजनमा च्यानल हेर्ने मात्र सुविधा रहेको जानकारी दिनुभयो ।
    डिटीएच्का माध्यमबाट ग्राहकको इच्छा अनुसारका कार्यक्रम छनोटका साथै इच्छा अनुरुपका फिल्महरु रोजेर हेर्न सकिन्छ । आफूलाई मन नपर्ने च्यानलहरु हटाएर ग्राहकले आफूलाई हेर्न मन लागेका च्यानलहरु मात्र डीटीएच् सेवा प्रदायकहरुबाट लिन सक्छन् । यसका अतिरिक्त डीटीएच्का माध्यमबाट पााच सय भन्दा बढी च्यानल हेर्न सकिने सुविधाका साथै व्यक्तिगत रेकर्डिङ्ग सुविधा समेत उपलव्ध हुन्छ ।
    सूचना तथा सञ्चार मन्त्रालयका सहसचिव महेन्द्रप्रसाद गुरागाईंले डीटीएचका लागि आवेदन गरेका ७ वटा कम्पनीले डीटीएच सेवा सञ्चालनका लागि अनुमति लिइसकेको जानकारी दिनुभयो । यसरी डीटीएचका लागि आवेदन दिनेहरुमा टेल्को इन्टरटेन्मेन्ट प्रालि, स्याटलाईट च्यानल प्रा.लि, डिस मिडिया नेटवर्क प्रा.लि, सिजी टेक्नोडि्रम्स प्रा.लि, एम भिजन प्रा.लि, मेरिगोल्ड इन्टरटेनमेण्ट प्रा.लि, विश्वविनायक नेटवर्क प्रा.लि. गरी सात वटा कम्पनीले रहेका छन् ।
राष्ट्रिय प्रसारण नियमावलीले तोकेको प्रावधान बमोजिम हालसम्म ९१ वटा विदेशी च्यानलहरुले डाउनलिंक अनुमतिपत्रको लागि निवेदन पेश गरेको र अनुमति पत्र दिने सम्वन्धी कार्य प्रक्रियामा रहेको जानकारी सहसचिव गुरागाईाले दिनुभयो । विदेशी डी.टी.एच.बाट अनुमति नभएका च्यानलहरु समेत प्रसारणमा आउन सक्ने भएकाले अवैध रुपमा भित्रिएका यस्ता प्रविधिको विक्री वितरण एवं प्रयोग समेत नगर्न विभिन्न संचार माध्यमबाट अनुरोध समेत गरिएको बताउनुभयो ।
कसैले राष्ट्रिय प्रसारण ऐन तथा नियमावली बमोजिम इजाजतपत्र वा अनुमतिपत्र नलिई अनधिकृत रुपमा कुनै कार्यक्रम प्रसारण वा वितरण गरेको वा अवैध विदेशी डीटीएचको प्रयोग गरेको पाइएमा त्यस्तो यन्त्र वा उपकरण सरकारले नियन्त्रणमा लिन वा सो यन्त्र वा उपकरण प्रयोग गर्न नसक्ने गरी आवश्यक व्यवस्था गरी प्रचलित कानून बमोजिम कारवाही समेत हुने जानकारी दिनुभयो ।

Post a Comment

सूचना प्रविधि

टिप्स ट्रिक्स

विविध

 
Copyright © 2014 Connected With Information and Technology