Wednesday, September 22, 2010

विन्डोज सेभेनको नेपाली संस्करण सार्वजनिक

अजय शर्मा
काठमाडौँ, असोज ५ गते । अनलिमिटेड टेक्नोलोजी प्रालीले विन्डोज सेभेनको नेपाली संस्करण राजधानीमा एक कार्यक्रम विच सार्वजनिक गरेको छ ।
माईक्रोसफ्ट कर्पोरसन अमेरीकाका अधिकृत सान्द्रा जन्सले विन्डोज सेभेनको अपरेटिङ सफ्टवयेर मंगलबार सर्वाजनिक गर्नुहुदैँ नेपाली संस्करणले नेपालको ग्रामीण क्षेत्रका बासिन्दालाई सूचना साचार र प्रविधिमा पहुँच पुग्ने बताउनुभयो । माइक्रोसफ्ट कम्पनीले विभिन्न भाषाहरुमा अपरेटिङ सिस्टमको स्थानीयकरण गर्ने गरेको जानकारी पनि उहाँले दिनुभयो । 
सफ्टवयेरको स्थानीयकरणले सम्बन्धित देशको राष्ट्रिय भाषामा कम्प्यूटर चलाउन सहज मात्र नभई भाषा तथा संस्कृतिको जर्गेना गर्न सकिने समेत उहाँले बताउनुभभयो । माईक्रोसफ्ट अमेरीकाका अधिकृत जन्सले स्थानीय भाषाका सफ्टवयेरले बजार प्रवद्र्धनका साथै राष्ट्रिय अर्थतन्त्रमा समेत सघाउ पुर् याउने बताउनुभयो ।
कार्यक्रममा माईक्रोसफ्ट एमडीपी नेपालले आयोजना गरेको राष्ट्रिय स्तरको मल्टिपोईन्ट च्यालेन्ज सफ्टवेयर प्रतियोगितामा उत्कृष्ट विद्यार्थीलाई अधिकृत जन्सले पुरस्कार पनि दिनुभएको थियो । सो प्रतियोगितामा पुल्चोक ईन्जिनियरीङ्ग कलेजका समन्त मानन्धर नेपाल इन्जिनियरीङ्ग कलेजका हेमबहादुर गुरुङ र रोशन श्रेष्ठ काठमाडौँ युनिभसर्िटीका विनोद अधिकारी क्याथफोड इन्टरनेसनल कजेजकी अर्चना महर्जन सेन्ट जेभियस्र कलेजका विनोद भट्टराई न्यू समिटका कुशल गौतम नेस्नल कलेज अफ इन्फरमेसन टेक्नोलोजीका अनिस श्रेष्ठ अऋत साईन्स कलेजका दिपेन्द्र पोखरेल काठमाण्डौँ इन्जिनियरीङ्ग कलेजका गुल्सन चौरासीया उत्कृष्ट हुनुभएको थियो ।
माईक्रोसफ्ट नेपालका राष्ट्रिय प्रबन्धक आलेन बैलोचन तुलाधरले विन्डोज सेभेनको नेपाली संस्करणको शुरुवातसँगै नेपाल अन्तर्राष्ट्रियस्तरको सूचना साचार साजालमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपाली संस्करणको विन्डोज सेभेन माईक्रोसफ्टको डाउनलोड पोर्टबाट निःशुल्क प्राप्त गर्न सकिने जानकारी दिनुभयो ।

Post a Comment

सूचना प्रविधि

टिप्स ट्रिक्स

विविध

 
Copyright © 2014 Connected With Information and Technology